गाेरखा- देशकै नमुना पुस्तकालय बनाउने उदेश्य सहित ताकुकोटमा स्थापना गर्न लागिएको सामुदायिक पुस्तकालय संचालनका लागि संचालक समिती गठन भएको छ । मोह प्रसाद पनेरु अध्यक्ष रहने गरि १३ सदस्यिय समिती गठन भएको छ ।
समितिको उपाध्यक्षमा टंक बहादुर थापा मगर तथा सचिव मा कृष्ण सुवेदी रहेका छन् । यसै गरि कोषाध्यक्षमा अन्जु थापा रहेकी छिन् ।
समितिको अन्य सदस्य हरुमा धन बहादुर बराम, बाबुलाल गुरुङ, सिता गुरुङ, कल कुमारी पनेरु, जेठा कामी र अमृता अंगाइ रहेका छन् । थप २ सदस्य भने ताकुकोट सेवा समाज काठमाडौंका प्रतिनिधि रहने अध्यक्ष पनेरुले बताए ।
त्यसै गरि पुस्तकालय संचालन सल्लाहकार समिती समेत गठन भएको छ । जस्को संयोजकमा निर्मल धिताल रहेका छ्न् भने अन्य सदस्यमा प्रेम गुरुङ, अर्जुन सुवेदी, भिम बहादुर थापा र याम बहादुर राना रहेका छन् ।