लैङगिक समनता भनेको महिला र पुरुष विच कुनै पनि भेदभाव नरही दुवैले स्वतन्त्र रुपमा आफ्ना हक र अधिकारको उपभोग गरी स्वतन्त्र जीवन जीउनु हो । आज मानव अधिकारको विश्वयापी घोषण पत्रले पनि लैङगिक असमानता विरुद्ध वुलन्द्ध आवज उठाएको छ । र विश्वभरी नै संयुक्त राष्ट्र संस्थाको मातहतमा रहेर लैङगिक असमानता उटाउने प्रयास भएको छ ।
तर हाम्रो जस्तो विकसित र गरिबी मूलुकहरुमा भने लैङगिक असमानताको खाल्टोले जरो गाडेको छ । किन यस्तो यहाँ , महिला र पूरुष एक सिक्काको दूइ पाटा हुन भन्ने बुझ्दा बुझ्दै पनि लैङगिक असमानता किन ? आजको एकाइसौं शताब्दीमा पनि लैङगिक असमानता कै कारणले हाम्रो जस्तो देश पछाडी परेको छ ।
विकास हुनबाट पछि परेको छ । आज पनि सबैलाई जनचेतना कै कमीले ओ त लैङगिक असमानता नहटेको ? विश्वका ठू–ठूला धनि देशहरु कसरी विकासित भए कसरी वैज्ञानिक आविष्कार तिर लम्के त्यो सवैले एक चोटी गहिरिएर सोच्नु पर्ने छ । त्यहाँ लैङगिक समानताका कारण आज वेलायत अमेरिका चिन जस्ता अन्य धेरै देशहरु विकासको चरम शिखरमा पुगेको छ । त्यहाँ पनि हाम्रो देशमा जस्तै लैङगिक असमानता भएको भए त्यसरी विकास हुँदैनथ्यो होला ।
म एउटा सामाजिक कार्यकर्ताको नाताले भन्छु हाम्रो देश नेपालमा दिगोशान्ती र विकासका लागि महिला र पूरुषबिचको भेदभाव हटाइ ठूलैलाई समान रुपमा अधिकारको व्यवस्था गरी अगाडि बढ्नु पर्छ अनि मात्रै देश राम्रो बन्छ । त्यसरी नै महिला र पूरुष भेदभाव नगरी कन सबै मानव प्राणी स्वतन्त्र एवं समान हक अधिकार र मर्यादा सहित जन्मन र बाँच्न पाउनु पर्छ अनि मात्रै त्यहाँ लैङगिक समानता हुन आउँछ । लिङ्गकै आधारमा महिलाहरुलाई उनीहरुको अधिकारबाट वन्चित गराउन भने पाउदैन् ।
उनीहरुले पूरुष सरहकै कुनै भेदभाव विना नै आफ्ना मौलिक हक पनि यस्ता अधिकारको सुनिश्चित हुनुपर्छ र संरक्षण पनि यस्ता अधिकार उपलब्ध गराउनु पर्ने दायित्व रहन्छ । सवै महिला र पूरुषहरुलाई आर्थिक सामाजिक साँकृतिक, नागरिक एवं राजनैतिक अधिकार समान रुपमा उपभोग गर्न पाउने अधिकार राज्यको मानव अधिकार सम्बन्धी निकायहरुले उपलब्ध गराउनु पर्छ ।
अनि मात्रै पिछडिएका , गरिबी तथा विकशील मूलक तथा विश्वबाट नै लैङगिक असमानता हट्छ । यसरी लैङगिक असमानता हटयो भने मात्र समाज तथा राष्ट्रको विकासमा टेवा पुग्दछ । होइन भने महिला विरुद्धको भेदभावले परिवार तथा समाजको समुन्ततीको विकासमा अवरोध ल्याउछ ।
र राज्यको सम्पूर्ण कार्यहरु पछाडि पर्छ र देश विकास हुन सक्दैन् द्ररिद्र अवस्थाका महिलाहरुलाई भोजन स्वास्थ्य शिक्षा तालिम र रोजगारका अन्य अवसर र अधिकारहरु पूरुष सरह प्रदान गरियो भने मात्रै महिला र पूरुष बिच भेदभाव अन्त्य भई उनीहरुको कष्टकर जीवनबाट माथि उढी अर्थव्यवस्था केही मात्रमा भने पनि टेवा पु¥याइ देश विकासका लागि महत्वपूर्ण देन दिन्छन् ।
यसरी राष्ट्रको उन्नती र प्रगतिका लागि महिला र पूरुष दुवै शिक्षित भई स्वतन्त्र रुपमा काम गर्न पाउछन् भने स्वत ः देशमा विकासमा टेवा पुग्दछ । त्यसरी लैङगिक समानतामा जोड दिनभने, राज्य, मानव अधिकार कर्मि नागरिक तथा सामाजिक कर्ताहरुको हात रहन्छ ।
विश्व भरीका राष्ट्र तथा अन्त राष्ट्रिय स्तरमा शान्ती तथा सुरक्षा कायम गर्न सामाजिक तथा आर्थिक प्रणालीको विकास गर्न, विश्वबाट हत्या हिंसा हटाउन् , राष्ट्रहरुमा सहयोगको भावना र विकसित गर्न, क्षेत्रिय अखण्डताबाट सामाजिक उन्नती तथा विकास गर्नका लागि नागरिक हस्तक्षेप हटाउनका लागि पनि महिला र पूरुष बिच समानताको आवश्यकता पर्दछ ।
हाल नेपालको सन्दर्भमा पनि हेर्दा नेपालमा दिगो शान्ति र संविधानको निर्माण गर्न पनि सुरक्षाको कायम राख्न, विभिन्न किसीमका अराजकता हटाउन, आर्थिक अवस्थाको विकास गर्न हत्या, हिंसा अत्याचार अन्याय, शोषण कार्यहरु रोक्न देशमा सु–सासतको कायम गर्न, मूलूकमा सर्वाङगिण विकासमा टेवा पु¥याउन लैङगिक समानताको आवश्यकता छ ।
यसरी समाजलाई समुन्न पारी देशलाई अग्र स्थानमा पु¥याउनका लागि बालबालिकाहरुलाई दूवै मिली लालन पालनको जिम्मेवारीको भागीदारी बन्नु पर्दछ । होइन भने बालबालिका अन्याय र अत्याचारमा फस्न गई समाजलाई पछाडि धकेल्छ । र विकास हुन सक्दैन् । यसरी परिवार,समाज र राष्ट्रको समुन्नती विकास र उन्नतीका खातिर लैङगिक समानताको आवश्यकता पर्दछ ।
जहाँ असमानता रहन्छ त्यहाँ द्वन्द्व हिंसा हत्या र अन्याय भई समाजको विकास हुन सक्दैन् ।नेपालबाट लैङगिक असमानता हटाउनका लागि समाज विभिन्न संख्या तथा निकाय र न्यायलयको महत्वपूर्ण भूमिका रहन्छ ।
लैङगिक समानता ल्याइ देशलाई अग्रस्थानमा पु¥याउनु सवैको हात रहन्छ । र पूराना तथा गलत सोचाइहरु परिवर्तन नगरी लैगिक समानताको विरुद्ध बुलन्द्ध आवज उठाउनु पर्दछ । त्यो आजको आवश्यकता हो ।