गोरखा- चालकले ठाउँ नचिन्दा उत्तरी गोरखाको सामागाउँ गाविस–९ स्थित साम्दो गाउँ नजिकै सिम्रिक एअरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको खुलेको छ ।
नाइन्एन एकेएफ कलसाइन भएको हेलिकप्टर पल्टेपछि आगलागी भएको थियो ।सामागाउँ बजारमा अवतरण गर्नुपर्ने हेलिकप्टर साम्दो गाउँ नजिकै भिरालो चौरमा अवतरण भएपछि पुनः सामागाउँतर्फ उडाउने क्रममा अनियन्त्रित भएर पल्टेको हो ।
“सामागाउँमा अवतरण गर्नुपर्ने हेलिकप्टर क्याप्टेन सुरेन्द्र पौडेलले साम्दोमा अवतरण गर्नुभयो,” हेलिकप्टरमा रहेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख नारायणप्रसाद आचार्यले भने ‘सामागाउँ भनेको साम्दो भन्ने बुझेर क्याप्टेनले साम्दोमा हेलिकप्टर अवतरण गर्नुभयो ।’
साम्दोबाट पुनः सामागाउँतर्फ उड्न लाग्दा अनियन्त्रित भएर हेलिकप्टर पल्टेको आचार्यको भनाइ छ । ‘सामागाउँमा अवतरण गर्नुपर्ने हेलिकप्टर क्याप्टेन सुरेन्द्र पौडेलले साम्दोमा अवतरण गर्नुभयो,’ हेलिकप्टरमा रहेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख नारायणप्रसाद आचार्यले भने ।
‘सामागाउँ भनेको साम्दो भन्ने बुझेर क्याप्टेनले साम्दोमा हेलिकप्टर अवतरण गर्नुभयो ।’ साम्दोबाट पुनः सामागाउँतर्फ उड्न लाग्दा अनियन्त्रित भएर हेलिकप्टर पल्टेको आचार्यको भनाइ छ । ‘उड्ने बेला भएको थियो । हेलिकप्टर हल्लियो र पल्टियो । एउटा पङ्खा भाँच्चियो,’ आचार्यले भने ‘धुवाँ पुत्पुताउन सुरु भयो । क्याप्टेनले ढोका खोल्न भ्याउनुभयो र बाँचियो ।’
हेलिकप्टरभित्र रहेका चालक पौडेलसहित खानेपानी कार्यालयका प्रमुख आचार्य, आइएमसी संस्थाका कर्मचारीहरु अमल तुलाधर, विश्व श्रेष्ठ र सौरवराज क्षेत्री थिए । बिहान ९ः४५ बजे काठमाडौँबाट उडेको हेलिकप्टर १०ः५२ बजे साम्दोमा पल्टेको थियो ।
‘एक घन्टासम्म हेलिकप्टरमा आगो लाग्यो,’ उनले भने ‘आगो निभाउन सक्ने स्थिति थिएन ।’ हेलिकप्टरभित्रबाट निसास्सिएर बाहिर निस्केकाले आगो निभाउनेतर्फ कसैले ध्यान दिनै नसकेको आचार्यको भनाइ छ । ‘नजिकै पानीका स्रोतहरु थिएनन्,’ उनले भने ‘हेर्दाहेर्दै हेलिकप्टर जल्यो । एक सेकेन्डले बाँचियो ।’
हेलिकप्टरबाट बाहिर निस्कन पाएपछि सबैजना खुसी भएको आचार्यको भनाइ छ । ‘दोस्रो जुनी पाएँ । ग्रहदशा सकियो,’ उनले भने ‘हामी सबै सकुशल छौँ ।’ चालक पौडेलको गोडामा सामान्य चोट लागेको छ ।
मनाङ एअरको हेलिकप्टरले चालक पौडेलसहित पाँचजनालाई उद्धार गरेको छ । आचार्यलाई गोरखास्थित नाम्जाली डाँडामा र अन्यलाई काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको हो । चालक पौडेलसहित आइएमसीका तीन कर्मचारी काठमाडाैंबाट र खानेपानी कार्यालयका प्रमुख आचार्य गोरखास्थित नाम्जाली डाँडाबाट चढेर उत्तरी गोरखा पुगेका थिए ।
गोरखा सदरमुकामदेखि ५२ कोस टाढा सामागाउँ पर्छ । सामागाउँदेखि तीन घन्टा टाढाको दूरीमा साम्दो गाउँ पर्छ । साम्दो गोरखाको उत्तरी गाउँ हो ।