गोरखा- एनेकपा माओवादीका वरिष्ट नेता डा बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा लाग्न नेपाली कांग्रेस र नेकपा एमालेलाई आग्रह गरेका छन् ।
सहिद भिमसेन स्मृति प्रतिष्ठान, गोरखाको आयोजनामा सदरमुकाममा भएको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय शासन प्रणालीको औचित्य र आबश्यकताबारे बिचार गोष्टिमा बोल्दै उनले यस्तो बताएका हुन् ।
विकासको लागि पनि नेपाल जस्तो अति कम विकसित राष्ट्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने दावी गर्दे उनले आफ्ना कारण डर लागेर विरोध गरेको भए आफू राष्ट्रपतिको उम्मेदवार नवन्ने बताए ।
संबिधान सभाको दोस्रो चुनाबमा एमाले-काग्रेसका नेताहरु आफ्नो चुनाब क्षेत्र नछाडेका कारण पनि यस्तो डर भन्दै भट्टराईले हार्ने डरले पनि काग्रेस एमाले आत्तिएको आरोप लगाए ।
भने ‘माओबादीका नेताहरु पुर्व पश्चिम दौडिए तर काग्रेस-एमालेका नेताहरु आफ्नो निर्वाचन क्षेत्र नछाडेका कारण पनि यस्तो लागेको हुनसक्छ ।’
अहिले युगले प्रत्यक्ष राष्ट्रपती शासन ब्यवस्था खोजेको र जनताले आफ्नै राष्ट्रपति आफै खोज्ने प्राबधान जनताले खोजेको भन्दै आम जनमानसको भावना प्रत्यक्ष राष्ट्रपति रहने ब्यवस्था संविधानमा उल्लेख गर्नु पर्ने उनले पटक-पटक दो¥होए ।
अहिलेको विश्वमा राष्ट्रपतिय सासन ब्यवस्था भएका देशहरुले उन्नति गरेको स्मरण गर्दे उनले नेपाली जनताले यस्तो सासन पद्धती खोजेको दावी गरे ।
सासन प्रणाली, पद्धती र राजनीतिक पात्र मध्ये कुन ठुलो भन्ने छानेर अगाडि बढ्नु पर्न वताउँदै उनले प्रणाली ठुलो भन्ने गरिए पनि व्यवहारमा त्यसो नभएको पनि बताए । जब प्रणाली राम्रो र ब्यवस्थीत हुन्छ तब मात्र राम्रो शासन ब्यावस्था रहने पनि बताए ।