गाेरखा- नेपाली काँग्रेसका केन्द्रिय नेता तथा पुर्ब सञ्चारमन्त्रि मिनेन्द्र रिजालले एमालेले काँग्रेसलाई पन्छाउन खोपीको देउता बनाउन खोजेको भन्दै खोपीको देउता हुन नखोज्दा अहिलेको परिस्थिती आएको बताएका छन् ।
गाेरखा बजारमा नेपाली काँग्रेस नगर समितिले वडादशैंको पूर्व सन्ध्यामा गरेको चियापान कार्यक्रममा बोल्दै रिजालले काँग्रेसलाई राष्ट्रपति पद दिएर खोपीको देउता बनाउन खोजेको आरोप लगाएका छन् ।
उनले भने काँग्रेसलाई खोपीमा राखेर गणेशपूजा गरे झै गरी देश एमालेले मात्र चलाएको काँग्रेसले टुलुटुलु हेरी बस्न नसक्ने भएका कारण प्रजातान्त्रिक प्रकृयामा जाँदा काँग्रेसको हार भएको स्विकार गर्दै काँग्रेसको हार आफ्नो पनि हार भएको स्विकार गरेका छन् ।
देश ब्यापी रुपमा एमालेको सरकारमा सहभागी नभएको भन्दै गुनासाहरु बढ्न थाले पछि कयकर्ताहरुको रिसलाई साम्य पार्ने गरी रिजालले राजाका बिरुद्व लडेको माओवादी, संसद विरोधी माओवादी तथा कमल थापा जस्ता मानिस र संसद बाट चुनिएको प्रधानमन्त्री हुनु हुदैन भन्ने एमाले अहिले एकै स्थानमा बसेर सरकार बनाउनु केबल काँग्रेसलाई निशेधको राजनिती गर्न मात्र भएको भन्दै हिजो गिरीजा प्रसादले भनेको माले, मसाले र मण्डलेको गठबन्धन भएको बताए ।
अहिलेको ब्यवहार हेर्दा सिंगो एमाले काँग्रेस विरोधी भएर आएको आरोप लगाउदै पहिले देखीको राजनितीमा एमालेले काँग्रेसलाई असहयोग गरेको बताए । रिजालले आधि एमाले दर्शनका कारण काँग्रेस विरोधी भएको र आधि एमाले ब्यवहारले काँग्रेस विरोधी भएको भन्दै एमालेको यही कुरालाई हेरेर काँग्रेस अब एक भएर अगाडी जानु पर्नेमा जोड दिदै कार्यकतालाई निरास नहुन आग्रह गरे ।
हिजो ओलीलाई मानसिक रोगी हो भनेर भन्ने त्यही माओबादी आज उप प्रधानमन्त्री खाएर ओलीको उपचार गराउन गएको हो ? भनेर रिजालले प्रश्न समेत गरेका थिए । कार्यक्रमलाई केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले समेत सम्बोधन गरेका थिए ।