गाेरखा- नेपाल बिद्यार्थी संघ गोरखाले भुकम्प पश्चात गोरखामा राहत बितरणको नाममा भएकाे ग्रैर सरकारी संस्थाहरुले गरेको कामको खोज तलास गर्ने भएकाे छ ।
जिल्ला बिकास समितीले गर्ने आबाधिक योजनाको पनि छलफल गने कार्यको सुरुवात गरेकाे छ । नेपाल बिद्यार्थी संघ सिम्जुुङको इकाई सभापति ऋषिराम लामिछानेको सभापतित्वमा भएको कार्यक्रमा नेपाली काग्रेसका जिल्ला सभापति हरी घलेको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै नेपाल बिद्यार्थी संघको केन्द्रीय सदस्य ओम गुरुङ, जिल्ला कार्य समिती सदस्य चेत बहादुर अधिकारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी हरी घलेले अब नेपाली काग्रेसको माहाधिबेसन नजिकीदै गरेको अबस्थामा गाँउ सम्मेलन गर्नु पर्ने समेत बताए ।
त्यस्तै गरि नेपाल बिद्यार्थीले राहतको नाममा ग्रैह्र सरकारी सस्थाले गरेको राहत बितरण जस्ता कामको खोजी गरेको भन्दै नेपाल बिद्यार्थीलाई यस्ता राम्रो काममा कहिल्यै पछाडि नपर्न समेत आग्रह गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै हरी घलेले गाउमा बितरण भएको बिद्युत लाईन कमजोर भएको भन्दै बिद्युत बितरणमा समस्याको लागि पनि नेपाल बिद्यार्थी संघलाई अगुवाई गर्न आग्रह समेत गरे । त्यस्तै कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सदस्य चेतनाथ अधिकारी,नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य ओम गुरुङ लगायतले मन्तब्य राखेका थिए।