गाेरखा- भुकम्प प्रभावित जिल्लाका पत्रकारहरुलाई विपदमा कसरी रिपोर्टिङ गर्ने भन्ने विषयमा दिएको २ दिने तालीम आज सम्पन्न भएकोे छ ।
गोरखाको एक होटलमा दिइएको तालिममा गोरखा, धादिङ, मकवानपुर, रसुवा, नुवाकोट, काठमान्डौं लगायत जिल्लाका ४० जना भन्दा बढि क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको थियो ।
२ दिने तालीममा रेडियो, पत्रपत्रिका, टेलिभिजन, अनलाइन लगायत विद्युतिय तथा छापा माध्यममा आबद्व पत्रकारहरुको सहभागीता रहेको थियो । यूनेस्कोको सहयोेगमा जागरण मिडिया सेन्टरले पुनःनिर्माणका लागी संचार (मेडार) को समन्वयमा तालीम संचालन गरेकाे हो ।
विहिबार भएको तालीमको उद्घाटन कार्यक्रममा मेडारका अध्यक्ष किशोरजंग थापा र पत्रकार महासंघ गोरखाका उपाध्यक्ष शिवप्रसाद उप्रेती, जागरण मिडिया सेन्टरका अध्यक्ष रेमबहादुर विश्वकर्मा पत्रकारीता पेशाको बारेमा जानकारी दिनुको साथै पत्रकारीता पेशालाई मर्यादित बनाएर अगाडि बढाउनु पर्ने पनि बताए ।
दुई दिने पत्रकारीता तालिम कार्यक्रममा बिपदमा कसरी प्रभावकारी पत्रकारीता गर्न सकिन्छ पिडामा परेका पिडितलाई कसरी प्रश्न गर्ने भन्ने बारेमा बिनोद भट्टराईले बताए ।
तालिममा पत्रकारले गर्नु पर्ने काम के के हुन ? समाचार कसर लेखिन्छ ? समाचारको प्रभाबित श्रोता कस्ता छन, समाचारमा बिषेशण प्रयोय कहाँ र कस्ता ठाउमा गर्ने जस्ता काम गरेको समाचारका सम्भाव्य श्रोत कहा कहा हुन्छ कस्ता समाचार कसरी प्राप्त गर्न सकिन्छ कुन समाचार आफैले कोसिस गरेमा पाउन सकिन्छ भन्ने कुरा पनि विनोद भट्टराई र यूनेस्को काठमान्डौंका प्रमुख जे.बी. विश्वकर्माले सहजीकरण गरेका थिए ।
कार्यक्रममा बोल्दै गोरखाका अध्यक्ष भिमलाल श्रेष्ठले बाढी, पहिरो, भुकम्प लगायत अन्य प्राकृतिक प्रकोपको अवस्थामा पनि सुरक्षित रहेर संचार माध्यममार्फत सुचना प्रवाह गर्न सक्षम हुनुपर्ने वताएका थिए ।