गाेरखा- नेपाल मगर संघ जिल्ला समिति गोरखाको आयोजनामा मगर संस्कारको कर्मकाण्ड सम्बन्धि प्रशिक्षण कार्यक्रमको आज समापन भएको छ ।
नेपाल मगर सघको आयोजना भएको बौद्ध धर्म सस्कार सम्बन्धि तालिमको आज समापन भएको हो ।समापन कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथी तथा गोरखा नगरपालीकाको कार्यकारी प्रमुख चन्द्रा थापा मगरले मगरहरुले अहिले चलि रहेको मगरहरुको धर्म सस्कार पुर्ण रुपमा समापन हुन केहि समय लाग्ने भए पनि निरन्तरता दिन छाड्नु नहुने पनि बताए ।
कार्यक्रममा बोल्दै थापाले मगरको सोरठी नाचको इतिहास मगरको छोरीले नाचेको इतिहास सम्झाउदै यसलाई जिबन्त राख्न लाग्नु पर्ने पनि बताए ।
सोरठी नाचको इतिहास धेरे पुरानो भएको भन्दै पाल्पाका बलिहाङ राजाले सोरठी नाचको बारेमा आफ्ना प्रजालाई लगाएर गाउ गाउमा सोरठी नाचको बारेमा सुनाउन पठाएको कुरालाई स्मरण गराउदै तिहारमा देउसीरे भैलोरीमा बलिराजाले पठाएको भन्ने कुरा पनि जाोडिएको थियाे ।
नेपाल मगर संघको भवन रोहोटेपानीमा भएको प्रशिक्षण कार्यक्रममा ४५ जनाभन्दा वढि मगरहरुको सहभागीता रहेको छ । तालिम समापन कार्यक्रममा नेपाल मगर संघका सल्लाहकार कृष्ण रानामगर, नेपाल मगर सघका कोषाध्यक्ष बिष्णु थापा मगर, प्रशिक्षक लगायतले मन्तब्य राखेका थिए।