गाेरखा- जिल्ला विकास समिति गोरखाको आयोजनामा वैशाख १२ को भुकम्प पश्चात् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायहरुको कार्यशाला गोष्टी पोखरामा सुरू भएको छ ।
गोरखामा भुकम्प पश्चात गैह्र सरकारी संघ संंस्थाहरुबाट हालसम्म गरेका कार्य प्रगतिहरु र भावि दिनहरुमा कार्यान्वयन गरिने पुननिर्माण सम्वन्धि २ दिने कार्यशाला गोष्ठी आजबाट पोखरामा सुरु भएको छ ।
गोष्ठीमा गोरखा भुकम्प पश्चात् जिल्लाका भुकम्प पिडितहरुको खोज, उद्वार, राहत वितरण तथा व्यवस्थापन, पुनस्र्थापना एवं पुननिर्माण र कार्र्ययोजना विभिन्न राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय सरकारी तथा गैह्रसरकारी संघ सस्थाहरुले गरेका कामको समिक्षा पनि यस गोष्टीले गरेको छ ।
गोरखामा क्रियाशिल संघ संस्थाहरुबाट हालसम्म भएका कार्र्ययोजना र भावि दिनहरुमा पुननिर्माण संवन्धि गर्र्ने कार्यलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सरकारी कार्यालय र राजनैतिक दलहरु बिच छलफल भई रहेको छ ।
प्रमुख जिल्ला अधिकारी उद्ववप्रसाद तिमल्सेना, गोरखा क्षेत्र नं. ३ का प्रत्यक्ष निर्वाचित सभासद् छम वहादुर तमु, कास्की जिल्लका प्रमुख जिल्ला अधिकारी कृष्ण रावल, नेपाली कांग्रेस गोरखाका सभापति हरि घले, नेकपा एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ, एनेकपा माओवादीका केन्द्रिय सदस्य तथा तमुवान इन्चार्ज अमर तमु, नेकपा माओवादीका केन्द्रीय सदस्य परशुराम रम्तेल, राप्रपा नेपाल गोरखाका उपाध्यक्ष शंकर अधिकारी, संघिय समाजवादी पार्टी गोरखाका अध्यक्ष सुकदेव तामाङ, नेपाल परिवार दल गोरखाका अध्यक्ष कृष्णगोपाल वन्जरा लगायत जिल्लामा क्रियाशिल पत्रकारहरु लगायत सरकारी तथा ग्रैह सरकारी संघ सस्थाहरुको सहभागीता रहेको थियाे ।
बिचार गोष्टीमा सरकारी तथा ग्रैह सरकारी संघ संस्थाहरुले गोरखाको पुनः निर्माणको बारेमा भएकाे गोष्टिले १४ जिल्लालार्इ एक किसिमको नयाँ कुरा सिकाउनु पर्ने पनि बताएका छन । बोल्ने अधिकांश सरकारी तथा ग्रैहसरकार संस्थाहरुले अब गोरखाको पुनः निर्माणमा एउटा महत्वपूर्ण निर्णय निकाल्ने स्थानिय बिकास अधिकारी प्रेमराज गिरीले जानकारी दिए ।