गाेरखा- अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडा र मकवानपुर द्धारा आयोजित भष्ट्रचार नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम धादिङको सदरमुकाम धादिङबेशीमा आज सम्पन्न भएको छ ।
जिल्ला विकास अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्थानिय विकास अधिकारी लगाएत विभिन्न सरकारी संस्था र गैरसरकारी संघ संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रिय कार्यलय हेटौंडाका उपसचिव होमनाथ सुवेदी र नरेन्द्र प्रसाद भट्टराईले आ. ब २०७१÷०७२ सालको असार मसान्त सम्मको भ्रष्ट्रचार सम्बन्धी उजुरी, नियम , विषयमा रहेकोे गतिबिधि बारेमा जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टचार गरि अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा गर्न वा गराउन स्थापित एक संवैधानिक निकाय हो । नेपालको संविधानको भाग २१ को धारा २३८र २३९मा संवैधानिक निकाय को रुपमा व्यवस्था गरेको छ ।
आ. ब २०७१÷०७२ को असार मसान्तसम्म दर्ता तथा फछयौंट भएको मन्त्रालयमा विभिन्न विषयहरुमा उजुरी भएकोमा जम्मा ३ हजार ९५मध्यमा फछयौंट भएको १ हजार ७ सय ६९ रहेको छ भने बाँकीमा १ हजार ३ सय ३० रहेको तथ्याङकले जनाएको छ ।
यसै गरि विशेष अदालतमा दायर गरिएको मुद्दामा जम्मा १३ रहेको छ ।भ्रष्टचार भनेको अध्यारोमा मौलाउने र उज्यालोमा ओइलाउने लाई भ्रष्ट्रचार भन्ने गरिन्छ ।
भ्रष्ट्रचारको रुपमा विश्वको तुलनामा हेर्दा नेपाल १२६ औं स्थानमा रहेको छ । हामीले भ्रष्टचार सम्बन्धी धेरै कार्य गर्न बाँकी रहेको कुरा जिल्ला विकास अधिकारी दिपक काफ्ले बताउनु भएको थियो ।