गोरखा- भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदिको नक्कलि लाश९पुत्ता० बनाइ बिर्स्जन गरेका छन् ।
गोरखाको आख्रेतका स्थानिय युवाहरको सक्रियमा आयोजना गरिएको कार्यक्रममा स्थानिय ब्यापारी, वुध्दिजिवी, समाजसेवी, राजनितिज्ञ, विध्यार्थी, मजदुर र युवाको सक्रिय सहभागिता रहेको थियो ।
भारतले लगाएको अघोषित नाकावन्दीको विरोधमा उत्रिएका आर्खेतवासीले भारतिय प्रधानमन्त्री मोदीको नक्कली लास बनाइ घारोमा हालेर शंख फुक्दै करिव एक घण्टा विरोध प्रदशन गरी लासलाई लिएर राके जुलुस लगाएका थिए ।
आर्खेतको नयाँबजारबाट निकालिएको राके जुलुस गण्डकी उच्च मा।वि हुदै पुल्चोक पुगेका थिए।पुल्चोक लगेको मोदीको लासलाई केही समयमा नै आर्खेतको वसपार्क चोकमा आई कोणसभामा परिणत भएको थियो।मोदीको लासलाई श्रद्धान्जली दिदै करिव आधा घण्टा चर्को नारावाजी गरेका थिए।
भारतको बिरोधमा थुप्रै पोस्टरहरु लिएर करिब ३०० जनाले उत्त कार्यक्रममा सहभागी जनाएका थिए । उत्त जुलुसलाई स्थानिय प्रहरी चौकी आर्खेतले बिशेष सुरक्षा प्रदान गरेको थियो ।
उत्त कार्यक्रय स्थानिय सरोज भट्ट र उध्दब लामिछानेले संयुक्त रुपमा सञ्चालन गरेका थिए । कार्यक्रमको पृष्टभुमी र उद्देश्यबारे स्थानिय गण्डकी उच्च मा। बि का शिक्षक धुर्व कुमार दाहालले मन्तव्य दिएका थिए ।