गाेरखा- अर्थपूर्ण समावेशीकरण सवै क्षमताका मानीसका लागी पहुँच र ससक्तिकरण भन्ने नारा सहित २४ औं अन्तर्र्राष्ट्रिय अपाङ्ग दिवस गोरखामा पनि विविध कार्यक्रम गरि सम्पन्न भएको छ ।
आज भएको २४ औ अपाङ्गता दिबसमा बोल्दै महिला तथा बालबालिका कार्यलय प्रमुख सिता अधिकारीले अपाङ्ग भएका ब्यक्तिलाई हेर्ने दृष्टीकोण समाजमा फरक भएको भन्दै जो समाजमा सफाङ्ग भएका ब्यक्तिहरुले नै अपाङ्गको पक्षमा कुरा गछौ, हामीले नै आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने बताए ।
नेपालको जुनसुकै सरकारी तथा गैह्रसरकारी कार्यालमा सबै किसिमका अपाङ्गलाई समान अवसर र सहभागीताको सिर्जना गर्नुपर्ने समेत अधिकारीले आग्रह गर] ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चलका क्षेत्रिय सदस्य अमर गुरुङले अपाङ्ग दिवसको सुरुवात कसरी भयो भन्ने विषयमा जानकारी दिंदै अपाङ्गले भोग्नुपरेका समस्याका विषयमा जानकारी गराए ।
कार्यक्रममा सहभागी मनकामना वहिरा आवासिय माध्यामिक विद्यालय, अमरज्योति जनता उच्चा मावि, लुइँटेल र सरस्वति उच्च मावि आहालेमा अध्ययनरत अपाङ्ग विद्यार्थीहरुले नाटक तथा गितहरु प्रस्तुत गरेका थिए ।
गोरखा नगरपालीका गोरखा र महिला तथा वालवालीका कार्यालय गोरखाको सहयोग तथा राष्ट्रिय अपाङ्ग महासंघ गोरखाको आयोजनामा भएको कार्यक्रममा महिला तथा वालवालीका कार्यालय गोरखाका प्रमुख सिता अधिकारीको प्रमुख आतिथ्यता तथा राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चलका क्षेत्रिय सदस्य अमर गुरुङको विशेष आतिथ्यता र राष्ट्रिय अपाङ्ग महासंघ गोरखाका अध्यक्ष रोम बहादुर थापाको अध्यक्षता रहेको थियो ।