गाेरखा- ओरेक नेपाललेको आयोजनाम गोरखाको बिभिन्न गाँउमा गएर २४ औ बिश्व अपाङ्गता दिवस सम्पन्न भएको गरेकाे छ ।
अर्थपूर्ण समावेशीकरण सवै क्षमताका मानीसका लागी पहुँच र ससक्तिकरण भन्ने नारा सहित २४ औं अन्तर्र्राष्ट्रिय अपाङ्ग दिवस गोरखामा पनि विविध कार्यक्रम गरि सम्पन्न गरेकाे हाे ।
मानव अधिकार सन्जाल (ओरेक) नेपाले गोरखाको ध्याम्पेसाल, आरुघाट, मसेल,मकैसिङ्ग, फुजेल,आरुआर्वाङ्गर वालुवामा बिभिन्न कार्यक्रम गरि सम्पन्न गरेको हाे ।
गोरखाको मकैसिङ्ग, फुजेल, घैरुङ्गका ६० जना मध्ये आशिक अपाङ्ग भएका ४९ जना र पुर्ण अपाङ्ग भएका ११ जनालाई जुस र बिष्कुट खुवाएर सम्मान गरिएको थियो ।
बिश्व अपाङ्गता दिबसको अबसर पारेर ध्याम्पेसालमा अपाङ्गताम भएका ब्यक्तिहरुको अधिकार बाल अधिकार सम्बन्धि अन्र्तक्रिया पनि भएको थियो ।
त्यस्तै आरुघाटमा कम्युनिटी ग्रुपको सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो । जौबारीमा अपाङ्गता भएका ब्याक्तिहरुलाई हलुवा र अण्डा खुवाएर सम्मान गर्नुका साथै कपि र कलम मायाको चिनो स्वरुप प्रदान गरिएको थियो