गाेरखा- मानव अधिकार सन्जाल ओरेक नेपाललेको आयोजनाम गोरखाको बिभिन्न गाबिसहरुमा स्वयम सेवीका दिबस मनाएको छ ।
गोरखाको घ्याम्पेस आरुघाट र बालुवामा बिभिन्न कार्यक्रम गरि बिश्व स्वयमसेवीका दिबस मनाएको हो ।
घ्याम्पेसालमा भएकाे कार्यक्रममा किसोरी नृत्य प्रतियोगिता र बालुवामा स्वायम सेवीकाहरुले आत्मकथा सुनाएर स्वयम सेविका दिबस मनाएकको ओरेक नेपालका बिनीता ढकालले बताइन्।
घ्याम्पेसाल बजारमा भएको बिशोरी नृत्य प्रतियोगितामा स्नेहा किसोरी महिला समुह प्रथम भएको छ ।
त्यस्तै प्रतिभा साली आदर्श सामुह तान्दाङ्ग दोस्रो र सक्रिय किसोर महिला समुह तेस्रो भएको छ । कार्यक्रममा प्रथम हुने महिला समुहले नगद १३ सय, दितियलाई नगद ८ सय र तृतिय समुहले नगद ५ सय नगद पुस्कार रहेकाे थियाे ।
कार्यक्रममा स्वयम सेवीकाहरुले आफुले गर्दै आएको कामको चर्चा गर्दै स्वयम सेबिकाहरुलाई खादा ओढाएर सम्मान र हौसला प्रदान गरिएको पनि ढकालले जानकारी दिए ।
त्यस्तै आरुघाटमा नृत्य प्रितियोगिता र बालुवामा स्यम सेवीकाहरुको आत्म कथा सुनेर र सुनाएर बिश्व स्वयमसेबीका दिवस मनाइएको थियो । गाँउको कुना कुनामा गएर आफुले गरेको कामको बारेमा र आफुलाई लागेको कुरा रमाईलो सगँ स्वयमसेबकहरु अनुभन सेयर गरेर कार्यक्रम मनाईएको थियो ।
कार्यक्रममा २६ वर्ष देखि स्वयम सेबकको रुपमा लागेर आफुले बटुलेको रमाईलो सुनाउनु भएको थियो । गाउको नबुझेका कुना कुनाका गाउलेलाई आफुले गाउ गाउमा गएर सिकाउना पाउदा रमाईलो र खुसी ब्यक्त गएको स्वयमसेवीकाहरुले बताएका थिए ।