गाेरखा- नेकपा क्रान्तिकारी माओबादी गोरखाको आज बसेको बैठकले भारतिय नाकाबन्दिको बिरोध गर्नुको गर्दै बजारमा कृतिम अभाव उत्पन्न गर्नेहरुलार्इ खाेजबिन गर्ने भएको छ ।
आज भएकाे पार्टीको बैठकले जिल्ला भेला गर्ने निणय गर्नुको साथै ३५ जना भेला आयोजक समिति पनि गठन गरेकाे छ । आगामी माघ भित्र जिल्ला भेला गर्ने गरी पार्टी कार्यलयमा बसेको बैठकले भारतिय नाका बन्दिको बिरोध गर्नुको साथै भारतको नाका बन्दिको अबसरलाई लिएर कालो बजारी बढेको तर्फ आफ्नो पार्टी ध्यानाकर्षण भएको बताएको छ ।
पार्टीले बजारमा भएको ग्यास इन्धन र औषधी जस्ता अत्याअाबश्यक कुराको कृतिम अभाव बढेको तर्फ पनि आफ्नो पार्टी नेकपा क्रान्तिकार माओबादीले छानबिन गर्ने भएको नेकपा क्रान्तिकारी माओबादीका जिल्ला सेक्रेटरी नारायण अधिकारीले जानकारी दिए । आजै बसेको बैठकले आफ्नो पार्टी नेकपा क्रान्तिकारी माओबादी केन्द्रको निर्णय दृणताका साथ कार्यन्वयन गर्ने निर्णय पनि भएको बैठकमा सहभागि एक जिल्ला नेताले जानकारी दिए ।
अहिले देश अत्न्तै कठिन मोडमा गुज्रिरहेको भन्दै भारतिय बिस्तारबादको खुलेर बिरोधगर्न सबैलाई आग्रह समेत गरेको छ ।भारतले नेपालको बिभिन्न ठाउमा गरेको हस्तक्षेप नेपालमा संबिधान आए सगै भारतले गरेको नाकाबन्दिले भारत नेपालको कस्तो छिमेको हो भन्ने स्पष्ट भएको भन्दै भारतको भर नपरि अब भारतका खुलेर बिश्वसामु बिरोध गर्नु नेपाल पछि पर्न नहुने पनि बताएको छ ।