गाेरखा- घर शान्ति नै विश्वसान्तीको आधार, पुनःनिर्माण शिक्षा र समान व्यवहार भन्ने नारा सहित सुरु भएको महिला हिंसा विरुद्वको १६ दिने अभियानको ११ औं दिन आज हिमाली क्षेत्र विकास केन्द्रको आयोजना तथा सङ्कल्प गोरखा र नागरिक आवाजको आयोेजनामा आज वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ ।
गोरखा नगरपालीका भित्रका अन्तरमाध्यामीक विद्यालय स्तरिय वक्तृता प्रतियोगितामा ८ वटा विद्यालयको सहभागीता रहेको थियो । लैंगिक हिंसा न्यूनीकरणमा सरोकारवालाहरुको भुमीका भन्ने विषयमा भएको वक्तृता प्रतियोगीतामा शक्ति उच्च मावि पाटेचौरका छात्रा श्रृशा केसी प्रथम, सरस्वती उच्च मावि आहालेका छात्र छवी आले द्वितिय, द ओल्ड क्यापीटल उच्च मावि रानीवनका छाात्रा आकृति आले तृतिय र नवज्योति मावि डन्डीडाँडाका छात्रा सम्झना क्षेत्री सान्त्वना भएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि महिला तथा बालबालिका कार्यलय प्रमुख सीता अधिकारीले अहिलेका बालबालिकाले यो बिषयमा यति धेरै बुझेको जस्तो नलागेको र अहिले आफुलाई अबको पुरुषताले लैङ्गिक हिंसाबारे धेरै बुझेकाले अब लौङ्गिक हिंसा पनि कम हुने बिश्वास लागेको बताए ।
पहिला आफुलाई कठिन बिषय राखेको जस्तो लागे पनि अहिले त्यो आफुलाई छर्लङ्ग भएको बताए ।कार्यक्रममा ए.नेकपा माओबादीका जिल्ला सदस्य सुसिला सिङ्खडाले कुनै पनि कानुनमा महिला र पुरुषका बिचमा भेदभाब गर्ने नभने पनि मैलिक कानुनले देशको कानुनलाई जितेको बताए ।