गाेरखा- १२ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेर फरार भएका एक युवकलाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरि आज सार्वजनिक गरेको छ ।
प्रहरीले कार्यालयमा पत्रकार सम्मेलन गरि पक्राउ परेको गोरखा सौरपानी गा.वि.स वडा न ८ रन्चोकका ३१ बर्षिय सन्त बहादुर भनिने सनबहादुर गुरुङलाई सार्वजनिक गरेको हो ।
अभियुक्त गुरुङलाई आजै जिल्ला अदालत गोरखाबाट ५ दिनका लागि म्याद थप गरि थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक शंकर प्रसाद आर्चायले जानकारी दिए ।
गुरुङले गएको १५ गते आफ्नै गोठमा सुतिरहेकी १२ बर्षिया बालिकालाई कुटपिट गरि मुखमा रुमाल कोचेर जबरजस्ती करणी गरेको प्रहरी निरिक्षक आर्चायले जानकारी दिए । अभियुक्त गुरुङलाई प्रहरी बारपाक गा.वि.स वडा २ स्थित राङरुङ खोलाको जंगलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।