गाेरखा- तमु प्ये ल्हु संघ विदेशी शाखाहरुको विशेष सहयोगमा गोरखामा मङ्सिर १९ गते शनिबार ‘प्ये ताँ ल्हु ताँ विचार विमर्श’ शिर्षकमा एक विशेष कार्यक्रम राखी सहयोग गर्ने प्रवाश शाखाहरुमा तमु प्ये ल्हु संघ युके, तमु प्ये ल्हु संघ युएई, तमु प्ये ल्हु संघ कतार, तमु प्ये ल्हु संघ ईजरायल, तमु प्ये ल्हु संघ कुवेत, तमु प्ये ल्हु संघ अमेरीका, र तमु प्ये ल्हु संघ हङकङ लगायतकाे तमु प्ये ल्हु संघ तदर्थ समिति गोर्खा गठन गरेको छ ।
कार्यक्रममा प्रबास शाखाका प्रतिनिधि तमु प्ये ल्हु संघ युएईका सस्थापक अध्यक्ष एवं सल्लाहकार एक्काजङ्ग प्ल्हे तमुले , गोर्खाका संघ र संस्थाहरुका उच्चा पदाधिकारी एवं प्रतिनिधीहरुलाई स्वागत गर्दै, तमुहरुको निकै बाहुल्यता रहेको गोरखा जिल्लामा तमुहरुको मौलिक बोन धर्म, धर्म गुरु खेगी (पच्यु, क्ल्हेप्री र बोन लाम), भाषा, संस्कार संस्कृति एवं भेषभुषाको संरक्षेण, सम्बर्धन तथा प्रचारप्रसार गर्नको लागि तमु प्ये ल्हु संघ प्रबास शाखाहरुको आयोजनामा तिलक न्हान्सी तमु, मनबहादुर केप्छे तमु, गोपाल तोलाङ्गी तमु, शिबराज क्रोम्छे तमु, जिवाजी कोहोल तमु, सोम पुलामी तमु, ईन्द्र म्ह्रु तमु र सुर्य म्ह्रु तमुले ब्यबस्थापन गरेको जानकारी दिए |
कार्यक्रममा पच्यु गुरु नारायणकाजी ल्हेगे तमु महासचिव, केन्द्रीय पच्यु समितिले तमुहरुको उत्पति, पच्यु गुरुले गरिने संस्कार र तहं तेंह(पूजा)हरुको एवं क्ल्हेप्री गुरु लोकबहादुर टु तमु, महासचिव केन्द्रीय क्ल्हेप्री समितिकाले क्ल्हेप्रीले गर्नु पर्ने संस्कार संस्कृतिको बारेमा प्रबचन दिएका थिए ।
सस्कृतिबिद ले.इन्द्रबहादुर केप्छे तमुले तमु जातिको जन्म, बिबाह र मृत्यु कर्मकाण्ड, संस्कार संस्कृतिको प्रबचन गर्नु भएको थियो । कार्यक्रमका मुख्य अतिथी संघका केन्द्रिय अध्यक्ष क्या. रुपबहादुर गरब्ज तमुले तमु जातिको एकमात्र मौलिक वोन धर्म, संस्कार संस्कृति, रितिरिवाज परम्परा, भाषा र भेषभुषाको सम्रक्षण, सम्बर्धन तथा प्रचारप्रसार गर्ने सस्था तमु प्ये ल्हु संघ हो भन्नदै संघमा आबद्ध भई संघको सम्रक्षण, सम्बर्धन तथा प्रचारप्रसार गर्न आग्रह गरे ।
उक्त कार्यक्रममा पुर्व आइजिपी हेमबहादुर तोहोर्जे तमु, परम सम्रक्षक केन्द्रीय तथा अध्यक्ष तमु प्ये ल्हु संघ काठमाडौँ , केन्द्रिय सदस्य लोकेन पह्च्यु तमु, बुद्धि चह्म्रु तमु र विदेश शाखाका प्रतिनिधि, संस्थापक अध्यक्ष र सल्लाहकार एकजङ्ग प्ल्हे तमुले तमु प्ये ल्हु संघ गोरखा जिल्लाको तदर्थ निर्वाचन समितिको भुमिका निर्बाह गरि मनबहादुर केप्छे तमुको अध्यक्षतामा नौ सदस्यीय तमु प्ये ल्हु संघ तदर्थ समिति गोरखाको गठन गरेको छन ।
समितिको उपाध्यक्ष जिबजी कोहोला तमु, सचिव राजन त्हरा तमु, सहसचिव कल्पना प्ल्हपो तमु, कोषाध्यक्ष चिजकुमारी केप्छे तमु, सदस्यहरुमा सुर्य म्ह्रु तमु करानटार ,खुसबहादुर ल्हेगे तमु, सन्तोष म्होब्जे तमु आम्ले, राजबहादुर कोन तमु, बारपाक सर्बसम्मत चयन भएको छन । कार्यक्रमममा गोर्खाका स्थानीय कलाकारहरूले तमु जातिको सस्कृती झल्किने खालको विभिन्न तमु गीतहरुमा नृत्यहरु समेत प्रस्तुत गरेका थिए |
तमु प्ये ल्हु संघ प्रवास शाखाहरुको सहयोग र आयोजनामा कार्यक्रमको ब्यबस्थापन तिलक न्हान्सी तमु, मनबहादुर केप्छे तमु, गोपाल तोलङ्गी तमु, शिबराज क्रोम्छे तमु, जिवाजी क्होला तमु, सोम पुलामी तमु, ईन्द्र म्ह्रु तमु र सुर्य म्ह्रु तमुले गर्नु भएका थिए | गोपाल तोलङ्गी तमु को अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालन केन्द्रीय युवा समितिका महासचिव शुक्रराज सरब्ज तमुले गरे |
संघका वेबसाइट प्रबन्धक / फोटोपत्रकार मणी सरब्ज तमुले वेबसाइट, टेलिभिजन र समाचार पत्रिकाको लागि फोटो र विडियो खिचेको थियो भने संघका केन्द्रीय आमा समितिको पनि विशेष सहभागिता रहेको थियो ।