गाेरखा- अमेरिकेयर्स र इजरायडको आयोजनामा आजबाट गोरखाका १५ दिने अभिनय तालिम सुरु भएको छ ।
गोरखा वारपाक केन्द्रविन्दु वनाएर गत वैशाख १२ गते गएको विनाशकारी भुकम्प पश्चात जनतालाई मनोेवैज्ञानीक परामर्शको आवश्यकताको महसुस गर्दै नाटकको माध्यमबाट पीडित दर्शकहरुलाई सम्वन्धित निकायको पहुँचमा ल्याउनको लागी तालीमको आयोजना गरिएको हो ।
समाजमा पछाडि परेका व्यक्तिका पक्षमा नाटक वनाउनु अभिनय तालीमको उद्देश्य रहेको छ । १५ जना प्रशिक्षार्थी रहेको तालीममा उत्कृष्ट ५ जनालाई आगामी दिनमा निर्र्माण गर्न लागीएको नाटकमा अभिनय गर्ने अवसर प्रदान गरिनेछ । गोरखा लगायत भुकम्प पीडित अन्य ६ जिल्लामा तालीम संचालन गरिने आयोजकले वताएको छ ।
अभिनय सैद्वान्तिक रुपमा भन्दा प्राक्टीकल रुपमा विभिन्न खेलको माध्यमबाट सिकाइएको तालीममा सहभागी प्रशिक्षार्थीहरुले वताएका छन् ।
अहिले समाज जुन स्थितिमा छ त्यसको अवस्था, ट्रेनिङको समयमा निस्किएका विषयवस्तु र समाजमा विद्यमान लैंगिक हिंसा, भुकम्प पीडित वच्चाहरु लगाउत अन्य विषयमा केन्द्रित रहेर नाटक वनाउने तयारी भएको अभिनय ट्रेनिङका प्रशिक्षक तथा रंगकर्मी रामवावु रेग्मीले जानकारी दिए ।