एजेन्सी- अहिले मोबाइल नबोक्नेहरु सायद कमै होलान् । अझ मोबाइलमा पनि एन्ड्रोइड मोबाइल नै बोक्नेहरु थुप्रै छन् । अहिले मोबाइल उच्च तहमा रहेका देखि अति सामान्य व्यक्तिले पनि मोबाइल बोक्ने गरेका छन् ।
मोबाइल अहिले मानव जीवनको अभिन्न अंग नै बनिसकेको छ ।तर तपार्इँले बोकेको मोबाइलका केही तथ्यहरु तपार्इँलाई थाहा नहुन पनि सक्छन् । तिनीहरुका बारेमा हामी तपाईँलाई जानकारी दिन गइरहेका छौँ ।
विश्वभरमा ८० प्रतिशत मानिसले एन्ड्रोइड अपरेटिङ सिस्टमवाला मोबाईल बोक्ने गर्छन् ।
एन्ड्रोइडले आफ्नो पहिलो स्मार्टफोन २२ अक्टोबर २००८ मा बजारमा उतारेको थियो । जबकी एप्पलले आफ्नो पहिलो आईफोन २९ जून २००७ मा लञ्च गरेको थियो ।
एन्ड्रोइडलाई गुगलले बनाएको होइन । यो त उसले सन २००५ मा खरिद गरेको थियो ।
एन्ड्रोइड २००३ मा बनेको थियो । त्यतिबेला यो मोबाईलका लागि नभएर डिजिटल क्यामेराका लागि बनाईएको थियो ।
एन्ड्रोइडका १२ यस्ता फ्री एप्स छन् । जसलाई १०० करोडभन्दा बढि पटक डाउनलोड गरिएको छ ।
विश्वभरका करिब ४०० कम्पनीले एन्ड्रोइड मोबाईलका ४ हजार बढी मोडल बजारमा ल्याएका छन् ।