काठमाडौँ- गत वैशाख १२ र २९ गते गएको विनाशकारी भुकम्पका कारण क्षति हुन पुगेका विद्यालयको पुननिर्माणका लागि एसियाली विकास बैँक (एडिबी) ले १ करोड ५० लाख रुपैँया अनुदान सहयोग गर्ने भएको छ ।
भुकम्पबाट क्षतिग्रस्त विद्यालयमा अस्थायी टहरोमा अध्ययन गरिरहेका बालबालिकाहरु ।
फाइल तस्बिरनेपाल सरकार अर्थ मन्त्रालय अन्तरगत प्राप्त हुने उक्त सहयोग रकमबाट भूकम्पप्रभावित जिल्लाका विभिन्न ३० ओटा गाउँ विकास समितिमा जोखिम न्यूनीकरणसम्बन्धी जनचेतना जगाउन अभियान सन्चालन गरिने अर्थ मन्त्रालयले जनाएको छ ।
साथै मन्त्रालयका अनुसार उक्त रकमबाट भूकम्प प्रभावित १४ ओटा जिल्लामा कम्तिमा १४ ओटा विद्यालयको पुनःनिर्माण गरिने र १२ हजार ५ सय भूकम्प प्रभावितहरुको जीवन सुधारका लागि सहयोग गरिने छ ।
सहयोगसम्बन्धी सम्झौतापत्रमा मंगलबार अर्थ मन्त्रालयका सचिव लोकदर्शन रेग्मी र एडिबीका देशिय निर्देशक केनिची योकोयामाले हस्ताक्षर गरेका छन् ।