गाेरखा- नाकाबन्दीको विरोध गर्दै भारतीय दुतावास अगाडी धर्नामा बसेका ३ दर्जन मानवअधिकारकर्मीलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ ।
नाकाबन्दीको विरोधमा मानवअधिकार तथा शान्ति समाजको आहृवान अधिकारकर्मीहरु लैनचौरस्थित दूतबासमा धर्ना बसेका थिए ।
धर्ना सुरु भए लगतै मानवअधिकारकर्मी कृष्ण पहाडीसँगै समाजका अध्यक्ष गंगाधर पराजुली लगायत तीन दर्जन मावनअधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई २ नम्बर प्रहरी गण रानीबारीमा राखिएको छ ।
भारतले लगाएको नाकाबन्दीका कारण नेपाल र नेपाली नागरिकको मानवअधिकार कुण्ठित भएको भन्दै मानवअधिकार तथा शान्ति समाजले दबावमुलक अभियान चलाउँदै आएको छ । यसअघि पनि भारतीय दूताबासमा धर्ना दिँदा प्रहरीले गिरफ्तार गरेको थियो ।