धादिङ- भैंसी बोकेर आउँदै गरेको ना५ख ६४३७ नम्बरको ट्रक अनियन्त्रित भइ दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक र सहचालक सख्त घाइते भएका छन् ।
सल्याटटार स्थित प्रहरी चौकीका इन्चार्ज भरत दुराका अनुसार ८ वटा भैंसी बोकेर आएको उक्त ट्रक सल्यानकोट-१ फूलखर्क सडकबाट करिव १०० मिटर तल खस्दा भैसी व्यापारी सिन्धुली जिल्ला बस्तीपुर-२ निवासी ४० वर्षीय जीवन लामाको घटनास्थलमानै मृत्यु भएको छ ।
ट्रक चालक फूलखर्क-९ निवासी जसबहादुर घले र सहचालक गुम्दी-३ का प्रविण गुरुङ घाइते भएका छन् ।दुर्घटनामा २ वटा भैंसी पनि मरेको छ ।