तपाई पहिलो पटक आफ्नो प्रेमि वा प्रेमिकालाई भेट्दै हुनुहुन्छ भने थाहा पाइराख्नुहोस् । पहिलो भेटमा के के हेर्छन् र जान्न चाहान्छन् महिला पुरुष ? पहिला नै थाहा भयो भने तपाईलाई सोही अनुसारको तयारी गरी भेट्न सजिलो हुनेछ ।
ख्याल गर्नुहोस् पहिलो भेट नै यस्तो भेट हो जहाँबाट आगामी यात्रा तय हुनसक्छ ।तपाईको पहिलो भेटबाट नै मन परेको मान्छे टाढा गयो भने ? अथवा तपाईको गेटअप र व्यवहार देखेर उसले तपाईलाई तपाईले भन्दा पहिला चिन्यो भने ? तपाईलाई घाटा हुनसक्छ । यसमा तपाई किन पछि हट्ने ? पहिलो भेटबाट नै मान्छे चिन्ने उपाय हामी बताउँछौं तपाईलाई ।
पहिलो भेटमा महिलाले पुरूषको आँखामा सबैभन्दा पहिले आँखा पु¥याउने र त्यसपछि हाँसो र उचाईमा ध्यान दिने एक अध्ययनले जनाएको छ । त्यस्तै पुरुषहरू भने पहिलो भेटमा महिलाको आँखा र हाँसो पछि छाती हेर्ने गर्छन् । यसपछी पुरूषले महिलाको कपाल र तौलका बारेमा पनि विचार गर्ने गर्छन् ।
करिब १ हजार महिला र १ हजार पुरूषको बीचमा बेलायतमा गरिएको अध्ययनबाट यस्तो नतिजा सार्वजनिक भएको हो । अध्ययनका क्रममा क्रममा ७० प्रतिशत पुरूषले आफूहरूले महिलाको सबैभन्दा पहिला आँखा, हाँसो र छाती हेर्ने गरेको बताएका थिए ।अनुसन्धानकताहरुले आँखा र हाँसोबाट मानिसको धेरै कुरा जान्न सकिन्छ बताएका छन् ।
अध्ययनका क्रममा केही पुरूष तथा महिलाहरूले एक÷अर्काका अन्य कुराहरू पनि विचार गरेको भेटिएको थियो । महिलाहरू पुरूषको आँखा, हाँसो, उचाईपछी कपाल, लगाई, छालाको रंग, अनुहारको आकार, हिप्सको आकार र नाक समेत ध्यान दिने गर्छन् । यस्तै, पुरूषले महिलाका आँखा, हासोँ, छातीका साथै कपाल, तौल, लुगा लगाई, छालाको रंग हेर्ने गरेको अध्ययनले बताएको छ।