गोरखा- गोरखा नगरपालिका ७ मा रहेको गोरखकाली कपास उद्योगमा आगलागी भएको छ।
सोमवार साँझ साँढे ५ बजेतिर उद्योगमा एक्कासी आगलागी भएको हो।आगलागीबाट करिब २० लाख बारवरको क्षती भएको संचालक शिवप्रसाद भन्तनाले बताए।
उद्योग भित्र रहेको कच्चा पदार्थ र मेसिन पनि जलेर नष्ट भएको छ।आगलागीपछि शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरेपनि सम्भव भएन ।
उद्योग सँगै जोडिएर रहेको उद्योग संचालक भन्तनाको घरमा पनि आगो लाग्न सक्ने देखिएपछि स्थानीयले बालुवा हालेर टारेका थिए ।आगो करिब दुई घण्टा बलेको थियो ।
जिल्लामा दमकल, ट्याक्टर केही नहुँदा पानी राखेर आगो निभाउन असम्भव भएको थियो। उद्योग जलेर खरानी भएको प्रहरी निरीक्षक शंकर आचार्यले बताए ।
आगलागी भएको बेला विद्युत नभएकाले कसरी एक्कासी आगो लाग्यो भन्नेबारेमा अनुसन्धान भईरहेको निरीक्षक आचार्यले बताए ।