गाेरखा- गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । भक्तपुरका तोयम रायलाई मोरङ, काभ्रेका मदन भुजेललाई झापा, झापाका तेजप्रसाद पौडेललाई भक्तपुर सरुवा गरेको छ ।
त्यसैगरी बाराका बालकृष्ण पन्थीलाई काभ्रे, सुर्खेतका बलदेव गौतमलाई गोरखा, तनहुँका महादेव पन्थलाई नवलपरासी र गृहमन्त्रालयका पुरुषोत्तम कुँवरलाई तनहँको सिडियोमा खटाउने निर्णय गरेको छ ।
त्यस्तै गोरखाका उद्धव तिमिल्सिनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा र अध्यागमनका विष्णुबहादुर थापालाई बर्दिया जिल्ला कामु सिडियोमा सरुवा गरिएको छ । गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा यादव कोइराला तानिएका छन् ।