बेडरुममा पुरुषले आफ्नो पुरुषत्व प्रदर्शन गर्न सकेन भने मानिसको दाम्पत्य जीवनमा असर गर्छ भन्ने भनाई अब नयाँ रहेन । तर कम उत्तेजित हुने मानिसको आयुमा समेत असर गर्ने नयाँ तथ्य भेटिएको वैज्ञानिकहरुले दाबी गरेका छन् ।
कम उत्तेजित हुने पुरुषमा छिट्टै मृत्यु हुने ७० प्रतिशत सम्भावना रहेको उनीहरुको भनाई छ । उत्तेजना कम हुने मानिसहरुमा मुटुजन्य समस्या हुने अमेरिकाको मिसिपीका वैज्ञानिकहरुले बताए । यस्तो समस्याबाट अमेरिकामा झन्डै २ करोड मानिस प्रभावित भएको पनि उनीहरुको भनाई छ ।
लिंग उत्तेजित नहुने मानिसहरुलाई बारम्बार हृदयघात, उच्च रक्तचाप लगायतको समस्या हुने र त्यसको कारण अल्पायुमा नै मृत्यु हुने गरेको वैज्ञानिकहरुको दाबी गरेका छन् ।
यसअगाडि विशेषगरी यो समस्याबाट वृद्ध मानिसहरु पीडित हुने बताइन्थ्यो । तापनी ४० वर्ष मुनिका २० प्रतिशत मानिसमा यस्तो समस्या देखिएको वैज्ञानिकहरु बताउछन् ।
इरेक्टाइलट डाइफंक्सन (इडी) ले हाइपरलिपिडेमिया, हाइपरटेन्सन, अत्यधिक माटोपन, चिनिरोग, धुमपान गर्ने मानिसहरुमा देखिएको उनीहरुले बताउने गरेका थिए । उत्तेजित नहुने मानिसमा स्टोक र मुटुका धमनीसँग सम्बन्धित रोग लाग्ने गरेको बताइने गरिएको थियो ।
इडी र मुटुसँग सम्बन्धित खतरा इन्डोथेलियल डाइफङसन, कम्जोर तथा खराब नाइट्रस अक्साईडको उत्पादनले हुने गरेको वैज्ञानिकहरु बताउँछन् ।
अमेरिकाको नेसनल हेल्थ एन्ड न्युट्रियसन इक्जामिनेसन सर्भेमा सहभागी २० देखि ८५ वर्षका १ हजार ७ सय ९० मानिसहरुमा गरिएको तथ्यांकलाई अध्ययन गरी वैज्ञानिकहरु यस्तो निस्कर्षमा पुगेका हुन् ।
‘सन्तोषपूर्ण सम्भोगकका लागि तपाईको उत्तेजित हुने अवस्थालाई कसरी वर्णन गर्नुहुन्छ’ भन्ने प्रश्नको जबाफका आधारमा सहभागी पुरुषहरुको यौन क्षमताको विश्लेषण गरिएको थियो ।कहिलेकाहीँ सक्षम वा कहिल्यै पनि सक्षम नभएका व्यक्तिहरुको यौन क्षमता ‘असन्तुलन’ भएको बताइएको थियो ।
अध्ययनमा सहभागीमध्ये ५ सय ५७ जनामा उत्तेजना नहुने अर्थात इडी भएको बताएका थिए । ८ वर्षसम्मको नियमित उपचारपछि इडी भएका २ सय ४४ जनाको मृत्यु भएको थियो । इडीबाट पीडित सहभागीहरुमा औषत आयु ७० प्रतिशत भन्दा बढी भएको उनीहरुले निस्कर्ष निकालेका थिए ।