गाेरखा- गोरखाको मुच्चोक गाविसमा ढिलै भएपनि सरकारले भुकम्प पीडित हरुलाई न्यानो कपडा खरिद गर्न दिने भनिएकाेमा ढिलाइ भएकाे छ ।
घोषणा गरेको राहत रकम भुकम्प पीडित रातो कार्ड भएका प्रती घर धुरी दस हजार रुपैयाँका दरले २८ गते वडा नम्बर १ मा १३८ घर धुरी तथा वडा न ४,५,२,३,८,९ र ७ का बाकी रहेका मध्यलाई २९ गते बिहान ६:३० बजे देखि बेलुकी ७ बजेसम्म लगाएर ७२७ घर धुरीलाई गरि करीब ८६ लाख ५० हजार रुपैयाँ वितरण कार्य गरिएको जानकारी सामाजिक परिचालक सुक बहादुर नेपालीले जानकारी दिए ।
विभिन्न वडाका कतिपय रातो कार्ड प्राप्त ब्यक्तिहरुको समेत जिल्ला दैवि प्रकोप उद्वार समितिले प्रदान गराएको दर्ता किताबमा नाम छुट्न गएकोले निजहरुलाई विगतको भर्पाई हेरेर केही दिन भित्र उपलब्ध गराउने कुरा गाविस सचिव इश्वरी प्रसाद गौतमले बताए ।
गाविसको वडा न ६ को कुशुन्डे र ७ को घोप्टे लगायत केही भागमा भने एक हप्ता भन्दा पहिले नै सोही अनुरुप रकम वितरण गरिएको जानकारी गाविस स्रोतले बताउँछ ।
सधैं गाविस सचिव बदलिनु भनेको एउटा गाविसको कामकारबाहीमा देशको सरकार परिवर्तन भए जस्तै असर पर्दोरहेछ । यस्तै यस्तै पिडा भोगीरहेका मुच्चोक गाविसका सेवाग्राही नयाँ सचिवको हैसियतमा इश्वरी प्रसाद गौतम तथा स्थानीय ब्यक्ति समेत रहेका सामाजिक परिचालक सुक बहादुर नेपालीलाई पाएर खुशी व्यक्त गर्न पनि थालेका छन।
घन्टौं धाएर आउँदा पनि सेवाग्राहीले सचिवको अभावमा आफ्नो कामकारबाही गर्न नपाएकाहरु आज गाविसले वितरण प्रयोजनका निमित्त भाडामा लिएको मुच्चोक गाविस वडा न ४ स्थित जनक प्रसाद भट्टको घरको प्राङ्गणमा गाविस भरका थुप्रै भुकम्प पीडितहरु हर्षित देखिन्थे र कोहि भन्दै थिए कि “बल्ल इश्वर आए जस्तै भाछ” ।
त्यस्तै वडा नम्बर ४ कि शन्शरी नेपाली गाविसमा सचिव सहित चहल पहल देख्दा खुशी भए पनि आफ्नो रातो कार्ड भएर पनि न्यानो कपडा किन्ने राहत रकमको लागि नाम छुटेर अहिल्यै नपाउदा भने निरास भएर दु:खेसो गर्दै थिइन् । भने सोही वडाका डम्बर बहादुर परियार भने आफू वास्तविक भुकम्प पीडित भएर पनि रातो कार्ड पाउन नसकेकोमा भन्दै थिए कि ” पहिले थाहा नभएर छुट्यो अहिले छुट्को निवेदन पछि नि आएन हजुर छुट्यो हजुर मिलाइदिनु पर्यो ” कतिपय गाविसबाट प्रदान गरिने अन्य कामका लागि आएका थिए भने कतिपय सचिवलाई चिन्न पनि । जे भएनी शान्त वातावरणमा भएको वितरण कार्यमा नागरिक समाज, वडा सम्योजकहरु, राजजनीतिक दलका प्रतिनिधिहरु, समाजसेवी, सुरक्षाकर्मी, कार्यालय सहयोगि लगायतको उत्साहजनक उपस्तिथि र सहयोग गरेको देखिन्थ्यो । ‘