पोखरा- कास्की प्रहरीले आज ठगी मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ ।
पोखरा–६ बैदाममा रहेको जग्गाको किर्ते मानिस खडा गरी बेचबिखन कार्यमा संलग्न रही फरार रहेका कास्की ढिकुरपोखरी–४ घरभई हाल पोखरा–१७ बस्ने भोजराज भण्डारीलाई आज कास्की प्रहरीले पक्राउ गरेको प्रवक्ता गजुरसिद्धी बज्राचार्यले जानकारी दिए।
चितवन भरतपुर–१२ घर भई कामपा–१४ बस्ने शान्ता राणाको नाममा रहेको जग्गा मकवानपुर फाखेल गाविस वडा नं. २ माईती भई नुवाकोट ककनीकी आशमाया लामालाई नक्कली शान्ता राणा खडा गरी जग्गा धनी श्रेस्तामा कायम गरी पोखरा लेकसाइडको करोडाैँ मूल्यपर्नेे जग्गा किर्ते ठगी गरेको भन्दै भण्डारीलाई पाँच हजार जरिवाना र ६ महिना कैद सजाय फैसला गरिएको थियो ।
भण्डारीलाई मालपोत कार्यालय कास्की नजिकैबाट पक्राउ गरी आजै कास्की जिल्ला अदालतमा पेस गरिएको र अदालको आदेशपछि थुनाका लागि कारागार चलान गरिसकिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।