गोरखा- गोरखाका चारवटा गाविसमा बसोबास गर्दै आएका भूकम्पपीडित चेपाङ समुदायलाई न्यानो कपडा वितरण गरिएको छ ।
मकैसिङका २५०, ताङ्लीचोकका १६६, घ्याल्चोकका १०० र भुम्लीचोक गाविसका २२५ टहरामा बसोबास गर्दै आएका चेपाङलाई बिहीबार न्यानो कपडा वितरण गरिएको हो ।
जिल्ला दैवी प्रकोप उद्धार समितिको समन्वयमा असल छिमेकी पोखराले तीन थान टोपी, दुई थान कम्बल, एक थान ज्याकेट र दुई थान पछ्यौराका दरले भूकम्पपीडितलाई वितरण गरेको कार्यक्रम संयोजक विजय श्रेष्ठले जानकारी दिए ।
जनता आवास कार्यक्रमअन्तर्गत सरकारले निर्माण गरिदिएको घरमा क्षति पुगेपछि चेपाङ समुदाय टहरामा बस्दै आएका छन् ।