गाेरखा- सिन्धुपाल्चोक र नुवाकोटको सिमानालाई केन्द्रविन्दु बनाएर ५ दशमलब ५ रेक्टर स्केलको भूकम्प गएको छ। धेरै महिनापछि फेरि भूकम्पको ठूलो पराकम्पन महसुस भएको हो।
सिन्धुपाल्चोक र नुवाकोटको सिमानालाई केन्द्रविन्दु बनाएर शुक्रवार राति १० बजेर ५ मिनेट जाँदा ५ दशमलब ५ रेक्टर स्केलको परकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।
अधिकारीले नयाँ भूकम्प नभई पुरानै भूकम्पको परकम्पन गएको बताए। १० किलोमिटर गहिराए बनाएर भूकम्पको परकम्पन गएकाले ठूलो धक्का महसुस गरिएको अधिकारीले बताए। रातिको समयमा भूकम्पको परकम्पन अाएकाले काठमाडाैंका मानिसहरु घर बाहिर निस्किएका छन्।
उनका अनुसार भूकम्पको धक्का काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोटसहित पश्चिम नेपालका कास्की, तनहुँ, बागलुङ, स्याङ्जा लगायतका जिल्लाहरुमा महसुस गरिएको छ।