गाेरखा- नेपाली काग्रेसको शुक्रवार सकिएको क्षेत्रिय अधिवेसनले गोरखामा फरक तरंग ल्याएको छ । चुनावको परिणामले काग्रेस गोरखामा अधिकांश युवा पूस्ताको वाहुल्यता देखिएको छ ।
चुनावको परिणामले भने पुराना केही काग्रेसी नेताको साख निकै नै गिरेको समेत देखाएको छ । पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रहेका चिरञ्जिवी वाग्लेले महाधिवेसन प्रतिनिधिमा सर्वाधिक मतका साथ निर्वाचन क्षेत्र नम्वर एकवाट जितेका छन् भने पूर्व सभासद जीवनप्रेम श्रेष्ठले भने हार वेहोरेका छन् ।
यसैगरी गत संविधानसभा निर्वाचनमा क्षेत्र नम्वर दुईकी उम्मेदवार रविकला खनालले समेत महाधिवेसन प्रतिनिधिमा हार वेहोरेकी छन् भने पूर्व जिल्ला सभापति चेतमान श्रेष्ठ पनि पराजित भएका छन् । वर्तमान जिल्ला सचिव पूर्ण वहादुर दाहालले पनि महाधिवेसन प्रतिनिधमा हार वेहोरेका छन् .
भने जिल्ला स्तरीय समितिमा आउने आकांक्षा राख्ने कतिपय पनि क्षेत्रिय अधिवेसनवाटै हार वेहोर्दे वाहिरिने निचोडमा पुगेको गोरखा कागं्रेस स्रोतले जानकारी दिएको छ ।
क्षेत्र नम्वर एकको महाधिवेसन प्रतिनिधमा सवैभन्दा वढी १ सय ५९ मत ल्याएर पूर्व मन्त्री चिरञ्जिीवी वाग्ले महाधिवेसन प्रतिनिधिमा चयन भए भने खुल्ला तर्फ किरणवावु श्रेष्ठ , इश्वर पाण्डे , राजन राज पन्त , भुगोल थापा , जनार्दन अर्याल विजयी भएका छन् , त्यसैगरी महिला तर्फ जानुका पन्त र कमला लामिछाने , जनजाति तर्फवाट रेशम गूरुङ , दलित तर्फ हरि गान्धारी , र अल्पसंख्यक तर्फ अलिउल्ला मियाँ महाधिवेसन प्रतिनिधिमा चयन भएका छन. ।
क्षेत्र नम्वर दुईको महाधिवेसन प्रतिनिधिमा भने सवैभन्दा धेरै १ सय ४० मतका साथ प्रकाश चन्द्र दुवाडी निर्वाचित भएका छन् । दुवाडी विगत लामो समयदेखि क्षेत्र नम्वर दुईका विभिन्न विद्यालयमा छात्रवृत्ति र विभिन्न सामुदायिक क्षेत्रमा उल्लेख सहयोग गर्दै आएका छन् ।
त्यसैगरी अन्य प्रतिनिधिमा वर्तमान उपसभापति मोहन प्रकाश पोखरेल , वेद प्रकाश काप्री , वर्तमान सचिव सुकदेव दुवाडी , फणिन्द्र धिताल , ओम वहादुर गूरुङ , इश्वर परियार , अव्दुल सतार , मनकुमारी गूरुङ , चन्द्रमाया गूरुङ र नारायण गूरुङ चयन भएका छन् ।
त्यसैगरी क्ष्ोत्र नम्वर तीनको महाधिवेसन प्रतिनिधिमा वर्तमान जिल्ला सभापति हरि वहादुर घले सवैभन्दा धेरै मतका साथ महाधिवेसन प्रतिनिधिमा चयन भएका छन् भने जगत वराम भने सर्वसम्मत महाधिवेसन प्रतिनिधि भएका छन् ।
अन्य सदस्यहरुमा राजेन्द्र वजगार्य , चिनकाजी श्रेष्ठ , नन्दप्रसाद न्यौपानै , प्रेम कुमार खत्री , डिल्लीराम तिमल्सिना , रामु नेपाली , लगाएत रहेका छन् शुक्रवार भएको निर्वाचनवाट क्षेत्र नम्वर एकको सभापतिमा घिरन वावु थापा , दुईमा गोविन्द गूरुङ र तीनमा इन्द्र कुमार गूरुङ विजयी भएका छन् ।
थापा यस अघि पनि क्षेत्र नम्वर एकका सभापति थिए ।क्षेत्र नम्वर एक र तीनमा सचिवको पदमा निर्वाचन भएन ।क्षेत्र नम्वर एकम सचिवमा ध्रुव प्रसाद खनाल र सचिवमा सन्तोष घिमिरे चयन भएका छन् त्यसैगरी दुईमा सचिवमा मान प्रसाद धिताल र कोषाध्यक्षमा जीवन वानियाँ चुनिएका छन् ।
त्यसैगरी तीनको सचिवमा दिनेश खनखवार र कोषाध्यक्षमा पेम्वार तेम्तार लामा चुनिएको नेपाली काग्रेस गोरखाले जनाएको छ ।