काठमाडौँ- नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोईरलाको निधन भएको छ। आज मध्यराती कोइरालाको आफ्नै निवास महाराजगन्जमा निधन भएको नेविसंघ प्रवक्ता युपी लामिछानेले जानकारी दिएका छन्।
८७ वर्षको उमेरमा लामो समयदेखि जिब्रोको क्यान्सरबाट पीडित कोइरालाको गएराति १२ बजेर ५० मिनेटमा महाराजगञ्जस्थित आफ्नै निवासमा निधन भएको लामिछानेले जानकारी दिएका छन् ।
कोइरालाको निधनसँगै महाराजगञ्जस्थित निवासमा कांग्रेस नेताहरुको आउने क्रम सुरु भईसकेको छ । यसअघि सोमबार नेपाली कांग्रेस काठमाडौँ जिल्ला समितिको अधिवशेनको उद्घाटन गर्न प्रमुख कार्यक्रममा विरामी भएकाले कोइराला उपस्थित भएका थिएनन्।
यसैबीच कांग्रेसले महाधिवेशनको पूर्वसन्ध्यामा जारी निर्वाचन प्रक्रिया स्थगन गर्ने निर्णय गरेको महामन्त्री सिंहले जानकारी दिए ।