गाेरखा- १३ औ महाधिवेसन अन्तर्गत सोमवार भएको जिल्ला अधिवेसनवाट नेपाली काग्रेस गोरखाको सभापतिमा पुनः हरि वहादुर घले दोस्रो कार्यकालका लागि विजयी भएका छन् ।
४ जना प्रतिष्पर्धी र संस्थापनवाट २ जनाको उम्मेदवारी परेका कारण पुनं मतदान गर्नुपर्ने अवस्था आउन सक्ने काग्रेस वृत्तमा चलिरहेको चर्चा वीच घलेले पहिलो मत परिमाणमा नै स्पष्ट वहुमत पाएसंगै उनी विजयी वनेका हुन् ।
घलेले ३७३ मत पाएका थिए । कुल ७ सय ७२ मत मध्ये ७ सय ३२ मत खसेको थियो । उनका निकटतम प्रतिद्वन्दी संस्थापन समुह कै किरणवावु श्रेष्ठले १ सय ५५ मत पाएका थिए । सभापतिमा देउवा पक्षवाट उठेका इश्वर पाण्डे र चिरञ्जिीवी वाग्ले निकटका फणिन्द्र धिताल पनि मैदानमा थिए ।
त्यसैगरी सचिवमा पूर्ण वहादुर दाहाल विजयी वनेका छन् । संस्थापन समुहकै दाहालले संस्थापन समुहकै राजन राज पन्तलाई २१ मतले पछि पार्दै सचिवमा आफ्नो स्थान सुरक्षित वनाएका हुन् । सचिवको दौडमा पनि ४ जना मैदानमा उत्रिएका थिए ।त्यसैगरी कोषाध्यक्षमा भने यसअघिका सहसचिव कृष्ण वहादुर आले चयन भएका छन् ।
३ मत अन्तरले आले कोषाध्यक्षमा चुनिएका हुन् । कोषाध्यक्षका लागि ३ जना मैदानमा छिरेका थिए । त्यसैगरी क्षेत्र नम्वर एकवाट ललिता अधिकारी, विना श्रेष्ठ , हिरा वहादुर थापा , लाल वहादुर विक , सलाउदीन मिया, नारायण लामिछाने र तोकमान श्रेष्ठ जिल्ला सदस्यका रुपमा विजयी वनेका छन् ।
त्यसैगरी क्षेत्र नम्वर दुईमा भेजराज पाण्डे , भक्त वहादुर गुरुङ , जोग वहादुर कोइराला , टिकाराम गूरुङ , मिना अधिकारी , राम प्रसाद भण्डारी विजयी वनेका छन्। क्षेत्र नम्वर तीनमा भने फुलमाया गुरुङ , अम्विका देवी थापा , निर्विरोध चयन भएका छन् भने लुत्र वहादुर वराम , संगिता सुर्खेती , राजु गूरुङ निर्वाचनवाट विजयी वनेका छन् ।
त्यसैगरी अर्का सदस्यको लागि ठाकुर भट्ट र सन्तोष गूरुङको मत परिमाण वरावर भएकाले गोलाप्रथावाट टुंगो लगाउने काग्रेसले जनाएको छ ।