गाेरखा- एमाओवादीका मुख्य सचिव हितराज पाण्डेले शिक्षकहरुसँग राज्यका नीति परिवर्तन गर्न सक्ने तागत भएको बताउनुभएको छ । एमाओवादी निकट शिक्षकहरुको संगठन अखिल नेपाल शिक्षक संगठनको गोरखा निर्वाचन क्षेत्र नम्वर एकका शिक्षकहरुलाई आज सम्वोधन गर्दै पाण्डेले यस्तो वताउनुभएको हो ।
अखिल नेपाल शिक्षक संगठन गोरखा निर्वाचन क्षेत्र नं. १ को संगठन सुदृढिकरण तथा संगठन विस्तार अभियानको प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।
संगठनको सभाहल गोरखामा भएको कार्यक्रममा एकीकृत नेकपा माओवादीका मुख्य सचिव हितराज पाण्डे, कार्यक्रममा अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष स्थिर प्रसाद खनाल, महासचिव शंकर भण्डारी, केन्द्रीय सदस्य लालप्रसाद श्रेष्ठ, टिकाराम श्रेष्ठ, एमाओवादी जिल्ला इञ्चार्ज चुडामणि खड्का लगायतले मन्तव्य राखेका थिए ।
संगठनको गोरखा जिल्ला अध्यक्ष ध्रुवबाबु भट्टको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा निर्वाचन क्षेत्र नं. १ का अखिल नेपाल शिक्षक संगठनसँग आवद्ध करिव डेढ सय शिक्षकहरुको सहभागिता रहेको थियो ।