गाेरखा- आज फागुन एक गते, आजभन्दा वीस वर्ष अगाडि तत्कालिन नेकपा माओवादीले वर्गीय मुक्ति र आमुल परिवर्तनको नारा लिएर शशस्त्र युद्ध शुरु गरेको दिन हो ।
२० वर्षमा आइपुग्दा माओवादी आन्दोलन र आन्दोलनको नेतृत्व लिने दलहरुमा आएको विभाजन र कार्यकर्तामा आएको विचलनले माओवादी आन्दोलनको सार्थकतामाथि प्रश्न उठ्दै गएको देखिन्छ ।
माओवादीहरु फुटेनने मात्रै तत्कालिन शशस्त्र युद्धको नेतृत्व गर्ने कतिपय नेता कार्यकर्ता नयाँ शक्तिको आवश्यकताको कुरा गर्दे आन्दोलनवाट वाहिरिन समेत थालेको देखिन्छ तर निराशा वीच पनि आजको जनयुद्ध दिवसले भने केही सकारात्मक सन्देश दिने प्रयास गरेको देखिन्छ ।
एमाओवादी र क्रान्तिकारी माओावदीले आज एकसाथ दिवस मनाउनुले पनि यसको संकेत गरेको छ । विभाजन भएको करिव चार वर्षपछि आज गोरखामा दुई माओवादीका जिल्लास्तरिय नेताहरु एकसाथ एकै कार्यक्रमको संयुक्त आयोजक वनेर जनयुद्ध दिवस मनाएका छन् । दिवसको अवसरमा प्रचण्ड नेतृत्वको एमाओवादी र मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले एकसाथ २१ औं जनयुद्ध दिवस मनाएका हुन् ।
दिवसको अवसरमा भएको सदरमुकाममा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा वोल्ने अधिकांश वक्ताहरुले क्रान्तिकारी शक्तिहरु एक ठाउँमा आउनुपर्नेमा जोड दिएका छन् ।
एकीकृत नेकपा माओवादीका गोरखा जिल्ला अध्यक्ष लेख बहादुर थापा को अध्यक्षतामा भएको कार्यक्रममा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं सभासद कृष्ण धितालले सहिद तथा वेपत्ता नागरिकहरुले देखाएको बाटोबाट क्रान्ति सम्पन्न गर्न आफूहरु लागि परेको बताए ।
संविधानसभाबाट संविधान घोषणा हुँदा सम्म जनताका केही अधिकारहरु प्राप्त भएको दावी गर्दै धितालले थप अधिकारका लागि संघर्षको आवश्यकता औंल्याए। कार्यक्रममा एकीकृत नेकपा माओवादीका गोरखा जिल्ला इञ्चार्ज चुडामणि खड्का, नेकपा क्रान्तिकारी माओवादीका जिल्ला इन्चार्ज परशुराम रम्तेल, नेकपा एमालेका उपाध्यक्ष यादव बस्नेत लगायतले शुभ कामना मन्तव्य राख्दै क्रान्तिकराी शक्ति एकठाउँमा आउनु आजको आवश्यकता भएकोमा जोड दिएका थिए ।
कार्यक्रममा उपस्थित जनयुद्धका घाइते तथा अपाङहरुले भने पार्टी विभाजन भएको र क्रान्तिको वाटो माओवादीले विर्सिएको भन्दै गुनासो पोखेका छन् । एक पूर्व लडाकु समेत रहेका जनयुद्धका घाइतेले नाम नवताउने शर्तमा पार्टी एकता हुन नसके माओवादी आन्दोलनको भविष्य सदाका लागि सकिने भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले भने , “ नेताहरु वीचको पदको लडाई , सत्ताको झिनाझम्टी र वर्गलाई विर्सदा हाम्रो घाउ वल्झिएको छ , साँच्चै हाम्रो घाउमा मलम लाउने हो भने एकठाउँमा आउनुको विकल्प अव वाँकी छैन ।