गोरखा – यातायात व्यवसायी समिति गोरखाको शुक्रवार सम्पन्न पाँचौ अधिवेसनले रामहरि केसीलाई अध्यक्षमा चयन गरेको छ । आज भएको मतदानवाट नन्द प्रसाद वगोललाई चौध मत अन्तरले पछाडि पार्दै केसी अध्यक्षमा चयन भएका हुन् ।
केसीले १०६ र वगालेले ९२ मत पाएका थिए । वामपन्थी मोर्चा निर्माण गरेर मैदानमा उत्रेका केसीलाई निकै कडा चुनौती दिने ठानिएका वगाले अध्यक्षमा पराजित भएपनि उनकै प्यानलका वरिष्ठ उपाध्यक्ष र महासचिव भने भारी मत अन्तरले विजयी भएका छन् ।
वगाले प्यानलका वासु थापा र सुरेन्द्र कुँवर क्रमशः एक सय ४५ र एक सय ४४मतका साथ निर्वाचित भएका हुन् । थापा र कुँवर यसअघि पनि सोही पदमा थिए ।
काग्रेस निकट व्यवसायीहरुको प्रतिनिधित्व र साथ रहेका भनिएका वगाले प्यानलका केसी र कुँवरका निकटतम प्रतिद्वन्दी सुवास अधिकारीले ५३ र नारायण खड्काले ५२मत मात्रै पाएका थिए ।
सचिवमा प्रकाश पुडासैनी ७१ मतका साथ विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्दी नविन श्रेष्ठले ६९ मत पाएका थिए । कोषाध्यक्षमा १२१ मतका साथ दीपक खनाल विजयी भएका छन् ।
सहकोषाध्यक्षमा गोविन्द खत्री १०३ मतका साथ विजयी भएका छन् भने वस संयोजकमा दीपक खत्री विजयी वनको छन् । माइक्रो संयोजकमा रञ्जित कुमार वानियाँ ,मिनि वस संयोजकमा राम कुमार श्रेष्ठ ,र ट्रक संयोजकमा मानकाजी श्रेष्ठ तथा ट्याक्टर संयोजकमा अनिल कुँवर सर्व सम्मत चयन भएका हुन् ।
२११ जना कुल मतदाता रहेको अधिवेसनमा जम्मा २ सय ४ मत खसेको थियो ६ मत वदर भएको थियो भने । ४ जना सदस्यका लागि ११ जना प्रतिष्पर्धा रहेकोमा सर्वाधिक मत एक सय १८ का साथ राजुवावु श्रेष्ठ चयन भएका छन् भने अन्य सदस्यहरुमा अर्जुन भट्ट , चुडा गूरुङ , काजीराम खत्री विजयी वनेको समितिका निवर्तमान सचिव नारायण दानीले जानकारी दिए ।
पछिल्लो समय दलका नेताको नाममा रुट परमिट आफूखुसी तोक्दै वाँड्दै गरेको आरोप खेपेको समितिको आजको अधिवेसनमा यातायात व्यवसायीको भन्दा पनि दलीय प्रतिष्पर्धाको रुपमा हेरिएको थियो ।, आफ्नो पक्षमा वहुमत सदस्य रहेको दावी गर्दे अलग्गै प्यानल वनाएर काग्रेस निकट व्यवसायी मैदानमा देखिए पनि अध्यक्षका प्रत्यासी नै पराजित भएपछि उनीहरुमा अव कहिल्यै पनि आफू निकटका व्यवसायी अध्यक्ष वन्न नसक्ने चर्चा चलेको छ ।
“ यस पल्ट पनि अध्यक्ष जित्न सकिएन भने्पछि अव कहिल्यै जित्न सकिन्न” नवनिर्वाचित एक पदाधिकारीले भने । नवनिर्वाचित अध्यक्ष केसी तेस्रो अधिवेसनवाट पनि अध्यक्षमा निर्वाचित भएका थिए ।