गाेरखा- मुच्चोक गाविस-३, वलाङ स्थायी घर भइ हाल काठमाडौमा रहनुहुने द रि बिउल्ड नेपाल फाउन्डेसनका अध्यक्ष बिष्णु प्रसाद सिम्खडाले गत वैशाख १२ गतेको बिनाशकारी भुकम्प पश्चात् विभिन्न क्षेत्रमा सहयोग गर्दै अाएकाे छ ।
विशेष त मुच्चोक गाविसको वडा नम्बर ३ को मुच्चोकटार, वलाङ वडा नम्बर १ को मानिगाउँ, भर्याङ, भुतेपानी, वडा न ४ को साउने,आम्थुङ, कुवापानी साथै वडा नम्बर ५ को केही गरिब तथा असहाय भुकम्प पीडित परिवारहरुलाई जस्ता पाता तथा अन्य निर्माण सामग्रीहरु हरुवितरण गरि आवास निर्माणका निमित्त सहयोग प्रदान गरेकाे हाे ।
काठमाडौमा कार्यालय रहेको द रि बिउल्ड फाउन्डेसन नेपालले मुच्चोक ३, वलाङ्मा अवस्थित भुकम्पले पूर्ण क्षति भएको श्री ज्ञानज्योती प्रावि मुच्चोकको विद्यालय भवन निर्माण कार्य गर्ने प्रतिबद्धता गरेको छ भने निर्माण कार्य पनि अघि बढाइ रहेको कुरा फाउन्डेसनका प्रमुख सिमखडाले जानकारी दिए ।
यसैगरी पहिलेदेखि बिबादास्पद रहिरहेको जग्गा र बाटो सम्बन्धमा समुदायको भद्र सहमती भएमा झ्याल्लादेखि थानिथानसम्म मोटर बाटो समेत निर्माण तथा मर्मत गर्ने पनि उहाँले जानकारी दिए ।
विभिन्न कारणले पछाडि परेका यस भेगका जनताहरु गत वैशाख १२ गतेको विनाशकारी भुकम्प पश्चात् अन्धाधुन्ध अवस्थामा समय गुजारी रहेको अवस्थालाई मध्यनजर गर्दै भुकम्पको कारण पूर्ण क्षति भएको झ्याल्ला खोला ए जलविद्युत आयोजनाले केही दिन अघि मात्र पावर हाउसमा मात्र बत्ती बाल्न सफल भएको तर पोल ढलेको र जिर्ण भइ अलपत्र भएको कारण अहिलेसम्म निर्माण नहुदा मुच्चोक टारको केही घरमा बाहेक बत्ति बल्न सकेको छैन ।