गाेरखा- गोरखा जिल्लाको उत्तरी नाकामा अवस्थित आर्खेत बजारमा गए राती अनौठो चोरी भएको छ | बैशाख १२ गतेको विनाशकारी भुकम्पले अव्यवस्थित वनेको यस वजारमा गएराती एक समुहले अनौठो तरिकाले रातकाे समयमा बजार एरियाका सातवटा पसलमा चोरी गरेको हाे |
आर्खेत वजारको पुल्चोकमा रहेको खनाल खाजा घरबाट विदेशी टच लाईट चोरी गरी , माउण्टेन भ्यू होटलमा पाहुना कोठाबाट एक थान मोवाईल सेट चोरेको हो ।
यतीले मात्र पुगेन बागबजारको सुर्यमान होटलमा पुन चोर्न पुगेको उक्त समुहले त्यहाबाट फेरी एकथान मोबाईल चोरेर फेरी भगवान गुरुडःको घरमा वसेको राहत बाड्न आएका सप्रोस नेपालको कर्मचारीको एकथान सामसुम मोवाईल चोर्न पुगे |
चोरलाई चोरेर पुगेन फेरी वसपार्कमा रहेको कृष्ण खाजा घरमा पसलमा रहेको खानेकुरा चोरेर खादै फेरी चोर नया रोडमा रहेको चटपट तथा पानीपुरी पसलमा नगद चालिस हजार चोरेर चोर भाग्न सफल भएकाे छ ।
सुन्दा अचम्म लाग्ला तर यसरी एउटा लाईट चोरेर सुरुवात गरेको चोरले मोवाईल , खानेकुरा,अन्य सामान चोर्दै नगद चोर्दा समेत आर्खेतका कसैले चोरलाई समात्न त के पहिचान समेत गर्न सकेन ।
आर्खेतमा यो भुकम्प पछीको चौथो पटकको चोरी हो यो अघि कमल पौडेलको फेन्सी पसलबाट नयाँ लुगा सहित करिव ३० हजार नगद, अनि बुद्धीमानको मेडिकलबाट नगद ४ हजार ५ सय, अनि टंक खड्काको पसलबाट नगद सहित रिचार्ज कार्ड चोरी भएको प्रहरी चौकीमा उजुरी परेकाे छ ।
तर भुकम्प पछी पटक पटक यसरी चोरी हुदा पनि आजसम्म एउटा पनि चोर समात्न त के पत्ता लगाउन सकेको छैन, आखिर के कमजोर छ यहा स्थानिय वा प्रशासन ?