गोरखा- द्रव्यशाह वहुमुखी क्याम्पस द्रव्यशाहमा एमाओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको उच्च मावि स्तरीय मुल इकाई कमिटि गठन भएको छ ।
क्याम्पसमा एक कायृक्रमको आयोजना गरी कमिटि गठन गरिएको जिल्ला सम्मेलन मुल आयोजक कमिटिका संयोजक सञ्जीव थापागमगरले जानकारी दिए । जिल्लाकै धेरै बिद्यार्थी रहेको क्याम्पसमा गठन भएको कमिटिको अध्यक्षमा प्रतिक वयलकोटी, उपाध्यक्षमा मन्दीप थापामगर, सचिवमा आदित्य आले मगर, सहसचिवमा सरिता घले, कोषाध्यक्षमा दिया शर्मा चयन हुनुभएको छ । कमिटि ५१ सदस्यीय रहेको छ ।
कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य आशा तमु , जिल्ला संयोजक सञ्जिव थापामगर लगाएतले विद्यार्थी आन्दोलन र वर्तमानको अवस्थाको वारेमा प्रशिक्षण दिएका थिए । फागुन २९ गते जिल्ला सम्मेलन गर्ने तयारीमा रहेको संगठनले यतिवेला जिल्लामा संगठन निर्माण तथा पुनर्गठनलाई तीव्रता दिइरहेको छ ।