गाेरखा- जिल्ला प्रहरी कार्यालय गोरखा र लैंगिक हिंसा न्युनिकरण संजाल कार्यकारिणि समिति गोरखाको आयोजनामा ‘बालबालीका माथि हुने अपराघ विरुद्ध नागरिक प्रहरी एक साथ’ भन्ने मुल नाराका साथ अभियान एक कार्यक्रमका बिच उत्घातन भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक वसन्त रजौरे, उघाेग बाणिज्य संघ गोरखाका अध्यक्ष श्रवण कुमार जोशी, सामुदायिक प्रहरी सेवा केन्द्र गोरखाका अध्यक्ष अच्युतलाल श्रेष्ठ, महिला तथा बालबालीका कार्यालय गोरखाका सारदा ढकाल लगाएतकाे उपस्थितिमा बालवालीकाहरुलाई लक्षित गरी उनिहरुमाथि हुनसक्ने सबै प्रकारका अपराधबाट सचेत गराउनको लागी कार्यक्रम अायाेजना गरिएकाे जिल्ला प्रहरी कार्यलय गाेरखाले जनाएकाे छ ।
अभियानकै रूपमा गोरखाका बिभिन्न स्कुल/कलेजहरूमा संचालन गरिने योजना अनुसार आज गोरखा नगरपालिका १४ नारेश्वरकाे विन्ध्यवासिनी उच्च मा.वि. मा कक्षा ८, ९ र १० का १ सय २० जना विघार्थी तथा शिक्षकहरुको सहभागिता रहेकाे थियाे ।
बालबालिका माथि हुने बिभिन्न खाले अपराध जस्तै जवरजस्ती करणी, बालविवाह, बहुविवाह, मानव बेचबिखन तथा ओसारपसार र लागु औषध विरुद्ध जनचेतना मुलक प्रशिक्षण कार्यक्रम संचालन गर्नुको साथै बिभिन्न खाले चेतनामुलक डकुमेन्ट्रीहरू प्रदर्शन गरिएको थियाे।
उक्त कार्यक्रममा वल्ड भिजन र चेस गोरखा संस्थाले सहजिकरण गरेको थियाे ।
उक्त कार्यक्रममा जिल्ला स्तरिय लैङगिक हिंसा न्युनिकरण संजाल कार्यकारिणी समिति उपाध्यक्ष सारदा घिमिरेको अध्यक्षतामा र बिन्धबासिनि उच्च माबिका प्रधानध्यापक ईश्वर थापा र चेस गोरखाका कार्यक्रम संयोजक बिकास भट्टको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हाे ।