गाेरखा– गोरखाका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमको डेढ महिना नहुदै सरुवा भएको छ । नेपाल सरकारले डेढ महिना अघि गोरखामा सह-सचिवको दरबन्दी कायम गराएपछि सुर्खेतबाट गोरखा आएका प्रजिअ गौतमको छोटो समयमै सरुवा भएको छ ।
छोटो समयमा गोरखामा प्रमुख जिल्ला अधिकारी फेरबदल भएपछि सरकारी कर्मचारी बिच बहसको बिषय बनेको छ भने राजनीतिक दलको दबाबमा फेरबदल भएको चर्चा पनि भएका छन् ।
गौतम प्रमुख जिल्ला अधिकारीको रुपमा सप्तरी जानै वताइएको छ ।गत हप्ता एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा आउँदा जिल्लाको शान्ति सुरक्षा व्यवस्थित गर्न नसकेको भन्दै प्चण्डले सार्वजनिक कार्यक्रममै असुन्तुष्टि पोख्नुभएको थियो । प्रचण्ड गोरखा आउँदा गोरखा यातायात व्यवसायी समितिले सडकमा गाडी राखेर आन्दोलन गरेको थिए ।
पक्राउ परेका आफ्ना उपाध्यक्ष छुटाउन दवाव दिने उद्देश्यका साथ उसले सवै गाडी सदरमुकाम केन्द्रित गरेर आन्दोलन गर्ने योजना वनाएको भएपनि प्रचण्डले आफ्नो अपमान गर्ने उद्देश्यका साथ विरोध गरिएको भन्दै आलोचना गरेका थिए ।
यसलगत्तै भएको उहाँको सरुवालाई एमाओवादी रुष्ट हुदाको परिमाण भन्ने चर्चा चलेपनि एमाओवादी गोरखाका इन्चार्ज एवं केन्द्रिय सदस्य चुडामणि खड्काले भने गृह मन्त्रालयको नियमित प्रकिया अनुसार नै भएको भन्दै दलको वचाउ गर्नुभएको छ ।
अब गोरखाको प्रमुख जिल्ला अधिकारी सप्तरी प्रमुख जिल्ला अधिकारी रहनुभएका नारायण भट्ट आउनुहुने गृह मन्त्रालयले जनाएको छ ।