गाेरखा- रिबिल्ड नेपाल फाउन्डेसनले गरेको आफ्नो पूर्व प्रतिबद्धता अनुरुप झ्याल्ला खोला लघु जलविद्युत आयोजनाको क्षति भएको जिर्ण खम्बाको अवस्थालाई मध्यनजर गरि आयोजना सञ्चालनका लागि प्रकिया सुरू गरिएकाे छ ।
कम्पनी संचालक देवान सिङ् गुरुङ र फाउन्डेसनबीच बृहत सम्झौता गरि उक्त आयोजनाको बत्ती प्रयोजनमा ल्याउने गरि करार ऐन २०५६ अनुसार उपभोक्ताको स्वामित्वमा रहने गरि पचास वटा फलामको खम्बा समुदायलाई हस्तान्तरण गरिएको छ ।
फाउन्डेसनका अध्यक्ष विष्णु प्रसाद सिमखडाका अनुसार उक्त खम्बा समुदायको स्वामित्वमा रहने तर यदि केन्द्रीय प्रसारण लाइन विस्तार भएमा भने उक्त खम्बा अन्यत्र आवश्यकता अनुसार वितरण गर्न सकिने र सोको निर्णय फाउन्डेसनले उपभोक्ताको रोहवरमा गर्ने कुरा जानकारी भएको छ ।
फाउन्डेसनद्वारा प्रदान गरिएको खम्बाहरु पावर हाउसदेखी आगरिडाडासम्म मुल प्रसारण लाइनमा प्रयोग हुने र अन्य शाखाको लागि पनि बिस्तारै सहयोग गर्दै जाने बताइएको छ ।
मुच्चोक गाविस वडा नम्बर ३ स्थायी घर हुनु भएका सिमखडाको पहलमा भएको यस महान सहयोगले गर्दा भुकम्प पछिको अन्धाधुन्ध अवस्थामा रहेका मुच्चोकवासी अहिले आफ्नो धरौटी रकम र जनश्रम लगानी भएको जलविद्युत आयोजनाबाट नै पुनः बत्ति बाल्न पाउने भएकोमा अति हर्षित भएर पोल ओसारपसारमा जुटेका छन् ।