गोरखा- जिल्लामा संगठनात्मक हिसावले निकै नै कमजोर रहेको र केन्द्रमा समेत २ जनामात्रै सभासद रहेको नेपाल परिवार दल गोरखामा किचलो छरपष्ट देखिएको छ ।
अधिवेसनको पूर्व सन्ध्यामा शुक्रवार एक प्रेस नोट जारी गर्दै केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष कृष्ण गोपाल वञ्जराले अधिवेसनको वारेमा आफूलाई थाहा नै नभएको भन्दै गोठालोले गाई वेच्न नसक्ने भन्दै अधिवेसन आयोजकप्रति कडा आपत्ति जनाएका छन् ।
पार्टीमा अराजकता वढेको तर्फ इंगित गर्दै विकृति विसंगति नहटाइए पार्टी समाप्त हुने चेतावनी समेत उनले दिएका छन्। पार्टीले सही वाटो अवलम्वन गरोस भन्ने पक्षमा आफू रहेको जिकिर गर्दै वञ्जराले आफू पार्टीमा रहदाँ सम्म पार्टीलाई लाग्ने गरेको क्रिश्चियनको आरोपवाट मुक्त गराउने समेत प्रतिवद्धता जनाउनुभएको छ ।
पार्टीले जिल्ला-जिल्ला अधिवेसनका लागि पठाएको निमन्त्रणा पत्रमा भने जिल्ला अधिवेसन तयारी समितिको संयोजक भन्दै रविन्द थापाले हस्ताक्षर गरेका छन् । नेपाल परिवार दल गोरखाको पहिलो अधिवेसन शनिवार हुदै छ ।
अधिवेसनको शनिवार एक कार्यक्रमका वीच केन्दिय अध्यक्ष एवं शान्तिमन्त्री एकनाथ ढकालले उद्घाटन गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।