गाेरखा- नयाँ शक्ति अभियानका केन्द्रीय संयोजक डा वावुराम भट्टराईले आज आफ्नो गाउँ खोप्लाङमा पुगेर नयाँ शक्ति अभियानको वारेमा गाउँवासीसंग अन्तक्रिया गरेका छन् ।
खाेप्लाङमा भएको कार्यक्रममा आसपासका छ सय भन्दा वढी सर्वसाधाराणका वीच नयाँ शक्ति अभियान र नयाँ शक्ति किन आवश्यक छ भन्ने वारेमा चर्चा गरेकाे अभियानका जिल्ला संयोजक रमेश पोखरेलले जानकारी दिए ।
पूर्व प्रधानमन्त्री समेत रहेका डा भट्टराई शशस्त्र द्वन्दमा मारिएका नन्दलाल मुडवरी दिपेश र वेपत्ता भएका राजु गूरुङको स्मृतिमा स्थापना गरिएको दिपेश राजु स्मृति सहकारी संस्थाको साधाराण सभाको उद्घाटन गर्न खोप्लाङ पुगेका हुन् ।
संस्थाका अध्यक्ष कृष्ण खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी डा भट्टराई , पशु चिकित्सक वासुदेव देवकोटा , लिगलिग कृषि सहकारी संस्थाका गुणप्रसाद न्यौपाने लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।