गाेरखा- नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले सडक संसद र सरकार सम्म राष्ट्रिय मेलमिलाप र अभिभावकीय भुमिका आफ्नो पार्टीले अवलम्वन गरेको दावी गर्नुभएको छ ।
नेपाल परिवार दलको प्रथम जिल्ला अधिवेसनको आज जिल्ला सदरमुकाममा उद्घाटन गर्दै ढकालले आफ्नो पार्टी सत्य र निष्ठाको राजनीति गरेका कारण लक्ष्यमा पुग्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।
नोक्सान नभए कुनै पनि पेशा या व्यवसायमा पनि चिन्ता लिनुनपर्ने वताउदै सरकारका शान्ति मन्त्री समेत रहनुभएका ढकालले नयाँ नेपाल निर्माण गर्नका लागि परिवार दलले ह्रदय जितेर आफ्नो समर्थन जुटाउने समेत दावी गरे ।
राष्ट र जनताको पक्षमा लिएका अडानका कारण आफ्नो दल दिनको दुइ गुना र रातको चौगना विकास भइरहेको दावी गर्नुभयो । धेरै पटका सत्ता परिवर्तन भएतापनि जनताले केहि नपाएका र हात्ती आयो आयो फुस्सा भएको वताउदै उनले राजनीतिमा निष्ठा हराउदा समस्या आएको आरोप लगाए ।
ठूला दल र विशेष गरी एमाओवादी प्रति लक्षित गर्दै ढकालले अस्वभाविक ढगले बिकास भएका जुनसुकै शक्तिपनि छिटै अस्ताउने वताउदै भने,“ विकासे मल र सुइ लगाएका तरकारी छिट्टै वढेको जस्ताे लागे पनि अन्तत ती धेरै दिन टिक्दैनन् ।”
यसैवीच अस्वाभाविक ढंगवाट आज परिवार दलको पहिलो जिल्ला अधिवेशन रविन्द्र थापाको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति चयन गरेको छ । पार्टीका निवर्तमान जिल्ला अध्यक्ष एवं केन्द्रिय सदस्य कृष्ण गोपाल वञ्जरा र उनको टोलीलाई वाइपास गर्दै भएको जिल्ला अधिवेसनले उपाध्यक्षमा रञ्जु खड्का , टिकाराम पौडेल , सरस्वती वराम , सचिवमा रेखा खनाल , सहसचिवमा खिल प्रसाद पाण्डे र कोषाध्यक्षमा रामजी नेपाल चयन भएको पार्टीले जनाएको छ ।
त्यसैगरी सदस्यहरुमा कृष्ण पौडेल , कौशिला खड्का , शिवदेवी पोखरेल , लाल वहादुर रम्तेल , कृष्ण भट्ट र केशव पन्त रहुनभएको पार्टीका नवनिर्वाचित जिल्ला अध्यक्ष रविन्द्र थापाले जानकारी दिए । यसैवीच निवर्तमान अध्यक्ष वञ्जराले पार्टीको अधिवेसन वहिष्कार गरेको दावी गरे ।