गोरखा– नयाँ शक्ति अभियानका केन्द्रिय संयोजक डा. वावुराम भट्टराईले पुरानो सत्ताको तर्फवाट लड्ने र त्यसको विरुद्ध विद्रोह गर्ने दुवैले मिलेर नयाँ सन्दर्भम सम्वृद्ध नेपाल वनाउनका लागि गरिएको हातेमालो नै नयाँ शक्ति अभियान भएको वताएका छन्।
गोरखा सदरमुकाममा नयाँ शक्ति अभियान गोरखा जिल्ला परिषदको वैठकमा सहभागी हुन आएका भट्टराईले एउटा युगको कार्य र एउटा शक्तिले गरेको र अवको विकास र सम्वृद्धिको नेतृत्व गर्ने युगको नेतृत्व गर्ने शक्ति नै नयाँ शक्ति भएको दावी गरे ।
वैचारिक राजनीतिक अन्तक्रिया चलाएर पार्टीको रणनीति र कार्ययोजना कस्तो हुने, के हुने भन्ने विषयमा आन्तरिक तयारी गर्दै गरेको वताउदै भट्टराईले चैत्र महिनाभरि संगठन विस्तारको अभियान चलाउने वताए। अभियान अन्तर्गत सम्भव भएसम्म सवै गाविसमा अभियान लिएर जानेपनि भट्टराईले वताए ।
प्रधानमन्त्री चीन जान लागेको तर्फ इंगित गर्दै डा भट्टराईले नेपालले चीनसंगको सम्वन्धमा विशेष जोड दिनुपर्ने वताए । उनले चीनसंगको सम्वन्धको मुख्य आधारचाहिं आर्थिक सम्वृद्धि र सम्वन्ध विकासमा हुनुपर्ने जाेड दिए ।
चीनलाई भौतिक पूर्वाधारा निर्माण गरेर नजिक ल्याउनु पर्ने बताउदै भारतसंग मात्रै व्यापारमा भर पर्दा अर्थतन्त्र एकातिर मात्रै ढल्केको हुदाँ यसको अन्त्यको लागि र परनिर्भरता अन्त्यका लागि पनि भारत र चीन दुवै संग आर्थिक कारोवार वढाउनु पर्नेमा जोड दिए ।
‘कुनै पनि विदेशी संग भीख माग्ने नभएर, उनीहरुको पूजी र प्रविधिको लगानी गरेर जलविद्युत, ठूला सडक र रेलका पूर्वाधार निर्माणमा जोड दिनुपर्छ ।’ सहकार्य गर्दे अन्तरनिर्भर अर्थतन्त्र विकास गर्ने लक्ष्य लिनुपर्ने वताउदै भट्टराईले पूर्वाधार विकासमा जोड दिए।
आफूहरुले छोटो समयमा जनतालाई परिचालन गरेर देशलाई सम्वृद्ध वनाउनै आफूहरुको कार्ययोजना भएको भट्टराईको दावी छ । कुनै एउटा राजनीतिक दलसँग आफूहरुको प्रतिष्पर्धा नहुने वताउदै उनले भने, ‘पुरानो सोच शैली प्रवृत्ति संग हाम्रो लडाई हो, कुनै व्यक्ति , पार्टी र दलसंग कुनै दुष्मनी छैन ।’ भ ष्टाचारलाई शुन्य सहनशिलता व्यवहार गर्ने र सहभागीता मुलक समावेशी समानुपातिक प्रजातान्त्रिक राजनीतिक संस्कारमा आफूहरु जाने उनको भनाई छ ।