गोरखा- जिल्ला सदरमुकाममा देखिएको खानेपानी समस्याको दीर्घकालिन समाधानका लागि राजनीतिक दलहरुले सहयोग गरे कर्मचारी प्रशासनले पुरापुर सहयोग गर्ने खानेपानी तथा ढल निकास विभागका महानिर्देशक रामचन्द्र देवकोटाले प्रतिवद्धता जनाए ।
सदरमुकाममा खानेपानीको दीर्घकालिन समाधानका लागि दरौदी लिफ्टिङ खानेपानी तथा सरसफाई अयोाजना कार्यान्वयनका लागि भन्दै आज सदरमुकाममा गोरखा नगरपालिकाको आयोजना गरेको अन्तक्रियामा वौल्दै देवकोटाले भने- ‘दलले सहयोग गरे व्युरोक्रेसी यसवाट पछि हट्दैन ।’
‘कार्यक्रममा जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका डिभिजन प्रमुख नारायण प्रसाद आचार्यले जिल्लामा खानेपानीको वर्तमान अवस्था र नव निर्माण गर्न लागीएको दरौंदी लिफ्टीङ खानेपानी आयोजनाको अपरिहार्यताको विषयमा एक कार्यपत्र प्रस्तृत गरेका थिए ।
त्यस्तै, पृथ्वी नारायण साना शहरी खानेपानी आयोजनाका पूर्व अध्यक्ष वद्रीवहादुर मास्केले गोरखा वजारमा दरौंदी नदीवाट पानी ल्याई खानेपानीको वितरण सन्दर्भमा एक अवधारणा पत्र पेश गरेका थिए ।
गोरखा सदरमुकाममा खानेपानी समस्या समाधानका लागि विकल्प ठानिएको दरौदी लिफ्टिङ खानेपानी आयोजना सम्पन्न गर्नका लागि २४ करोड ८ लाख लागत लाग्ने अनुुमान गरिएको आयोजनाबाट ३२ हजार घरधुरी लाभावन्तीत हुने कार्यक्रममा जानकारी दिइएको छ ।
खानेपानीको लागि न्युनतम महशुल भने प्रति धारा ८ सय लाग्ने पनि वताइउको छ । जिल्लामा क्रियाशिल विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनीधी, विभिन्न खानेपानी आयोजनाका प्रमुख तथा प्रतिनीधीहरुको सहभागीता रहेको अन्तरक्रिया कार्यक्रमले दरौंदी लिºटीङ खानेपानी आयोजना निर्माण गर्नको लागी तदर्थ समिती गठन गर्ने निर्णय गरेको छ ।
गोरखा नगरपालीका, गोरखा र जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोेरखाको संयुक्त आयोजनामा भएको कार्र्यक्रममा नगरपालीकाको कार्यकारी अधिकृत चन्द्रा थापा मगरको अध्यक्ष्ता तथा खानेपानी तथा ढल निकास विभागका महानिर्देशक रामचन्द्र देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।