गाेरखा- प्रहरी प्रमुखको रुपमा जिल्लामा पहिलो पटक प्रहरी उपरीक्षक एस पीको दरवन्दी कायम भएसंगै पहिलो पटक गोरखा आएका प्रहरी प्रमुख एसपी जनकराज पाण्डेयले शान्ति सुरक्षा चुस्त राख्न आफू पूर्ण प्रतिवद्ध रहेको वताएका छन् ।
शुक्रवार गोरखा आएका पाण्डेयले जिल्लामा क्रियाशिल पत्रकारसंग भेटघाट गर्दै नागरिकको शान्ति सुरक्षा नै प्रहरीको पहिलो प्राथमिकता भएको र आफू संगठनकाे तर्फवाट त्यसमा पूर्ण कटिवद्ध रहने दृढता व्यक्त गरे ।
गोरखा जस्ताे जिल्लामा प्रहरी प्रमुखकाे रुपमा आइपुग्नु गर्वकाे विषय भएको वताउदै पाण्डेयले सामाजिक विकृति विसंगति हटाउन र नागरिकको अमन चयन नै प्रहरीको एकमात्र सपना भएकोले जिम्मेवारी कुशलता पूर्वक कार्यान्वयनमा आफू लागि पर्ने र यसका लागि आफूले मातहतका सवै निकायमा निर्देशन समेत दिएको उनले जानकारी दिए ।
आफू आएलगत्तै जिल्लाको शान्ति सुरक्षा र भुगोलको अवस्थाको वारेमा अध्ययन गर्दे गरेको र होलीलाई लक्षित गरी विशेष सुरक्षा योजना वनाएको वताउदै पाण्डेयले नागरिकको शान्ति सुरक्षाको लागि पत्रकार तथा संचारमाध्यमको सकारात्मक भुमिका रहने विश्वास आफूले लिएको वताए ।