गाेरखा– नेपालका लागि युरोपियन तीन देशका राजदुतले भुकम्प पश्चात भएको राहात वितरण र भुकम्प पछिको अवस्थाको वारेमा आज गोरखाका २ गाविसमा स्थलगत अनुगमन तथा अन्तक्रिया गरेका छन् ।
नर्वे , डेनमार्क र फिनल्याण्डका तीन राजदुतले आज गोरखाको छोप्राक र हर्मी गाविसका विभिन्न गाउँहरुमा स्थलगत अनुगमन तथा अन्तक्रिया गरेका हुन्।
सडक मार्ग हुदै आज छोप्राक र हर्मी पुगेका उनीहरुले छोप्रांकको वडा नम्वर तीनको वराम गाउँका अल्पसंख्यक वराम समुदायका मानिसहरुसंग भेटघाट गर्नूका साथै राहात वितरणमा पारदर्शीताको अवस्थाको वारेमा अनुगमन गरेका थिए ।अनुगमनका ेक्रममा राजदुतहरुले आफूहरु अरुले भनेको पत्याउनु भन्दा पनि आफ्नै अाँँखाले भुकम्प पछिको अवस्था नियाल्न आएको वताएका थिए ।
केयर नेपालको संयोजनमा गोरखा आएका राजदुतहरुले आफूहरु केही दिनका लागि आएको नभएको वताउदै आवश्यकताको आधारमा समुदायलाई सहयोग गर्ने वताएको उनीहरुलाई उदृत गर्दै मण्डली उमावि छोप्राकका प्राचार्य रुद्र पोखरेलले जानकारी दिए।
यसैवीच छोप्राकका स्थानीय वासिन्दासंग नमुना गाउँ निर्माणमा आफूहरुले सहयोग गर्ने वताएसंगै छोप्राक गाविसको तर्फवाट गाविस सचिव जनार्दन पोखरेल रप्राचार्य रुद्र पोखरेलले शिक्षा , विद्युत , सिंचाई र सडक सम्वन्धी योजनाको खाका वुझाऐका पोखरेलले जानकारी दिए ।